डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौं, कात्तिक ३० गते । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाएको हो।
नयाँ मूल्य राति १२ बजेबाट लागू हुने छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ०.३२ र डिजेलमा २.५४ रुपैयाँले बढेर आएको छ।