नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक कार्यक्रम सम्पन्न

काठमाडौं, मंसिर १० गते । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गर्ने विशेष कार्यक्रम आज राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय गृह मन्त्री श्री रमेश लेखकको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवनराम श्रेष्ठ, श्री कमल कुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष श्री तुलसी थापा, अखिल नेपाल कबड्डी संघका महासचिव श्री अरविन्द कुमार झा र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री कृष्ण बस्नेतको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण नेपाल कबड्डी लिगको लोगो सार्वजनिक गर्ने क्षण थियो। प्रमुख अतिथि सम्माननीय गृह मन्त्री श्री रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गर्नुभयो। लोगो सार्वजनिकसँगै फ्रान्चाइज शहरहरूको नाम पनि सार्वजनिक गरियो। नेपाल कबड्डी लिगको पहिलो संस्करणका लागि छवटा फ्रान्चाइज शहरहरूको नाम सार्वजनिक गरिएको छ। ती शहरहरू हुन् काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल।

लोगो सार्वजनिक कार्यक्रममा बोल्दै एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष श्री अमित बेगानीले भन्नुभयो, “हामी लगभग एक वर्षपछि लोगो सार्वजनिक गर्दैछौं, यो क्षणका लागि म अत्यन्तै उत्साहित छु। यो लिग नेपाली खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।”

कबड्डी लिगको यो घोषणा र कार्यक्रमले नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ।

मुख्य अतिथि सम्माननीय गृह मन्त्री श्री रमेश लेखकले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भन्नुभयो, “म यो खेलको ठुलो प्रशंसक हुँ। जब म हुर्किरहेको थिएँ, त्यतिबेला अरू खेलहरू उपलब्ध थिएनन्, र कबड्डी नै मेरो पहिलो खेल थियो। मैले खेलको सुरुवात यहीबाट गरेको हुँ। नेपाल कबड्डी लिगलाई म हार्दिक शुभकामना दिन चाहन्छु।”

अन्त्यतिर, कार्यक्रमका होस्टले ट्रफी प्रस्तुत गर्दै सबैलाई चकित गर्नुभयो। मुख्य अतिथि माननीय गृहमन्त्री श्री रमेश लेखक, विशेष अतिथिहरू माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष श्रीमती तुलसी थापा र एस्ट्रियोनिक्स म्यानेजमेन्टका अध्यक्ष श्री अमित बेगानीद्वारा ट्रफीको अनावरण गरिएको थियो। यस ट्रफीलाई ूयुनिटी ट्रफीूनाम दिइएको छ। यो ट्रफी नेपालकै समृद्ध विविधता र संस्कृतिको प्रतीकका रूपमा डिजाइन गरिएको विशेष सरप्राइज थियो।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv