ब्लाइन्ड क्रिकेट विश्वकप खेल्ने बागमती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

काठमाडौं,मङ्सिर १६ गते । पाकिस्तानमा भइरहेको चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका बागमती प्रदेशका खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदले पुरस्कार घोषणा गरेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने बागमती प्रदेशका चार खेलाडीहरुलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिए ।

ब्लाइन्ड टिममा बागमती प्रदेशबाट सागर लामा, प्रविन स्याङ्गतान, अमिस गुरागाईँ र सन्त पहारी विश्वकपमा सहभागि छन् ।

चौथो पटक ब्लाइन्ड क्रिकेट विश्वकप खेलेको नेपाली टोलीले पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको हो । ६ टोली सहभागि विश्वकपमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल पुग्न सफल भएको हो ।

‘दृष्टिविहिनहरुले पनि खेलमा राम्रो प्रदर्शन गर्न सक्छन् भने उहाँहरुले प्रमाणित गर्नुभएको छ । त्यसमा हामीले सानो सहयोग स्वरुप सम्मान गर्न लागेका हौँ ।’ बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले भने ।

लिग चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । श्रीलंका, बंगलादेश र पाकिस्तानसँग भने नेपाल पराजित भयो । भारतले सहभागिता नजनाएपछि नेपालले वाकओभर पाएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv