राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने

काठमाडौं,मंसिर २० गते । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुन लागेको हो । आयोजक नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीले सहभागीता जनाउन लागेको बताए । प्रतियोगितालाई आकर्षण र सहज बनाउन पुरुष खुल्ला, महिला खुल्ला र जुनियर गरी ३ वटा विधा समावेश गरिएको कार्कीले जानकारी दिए ।

प्रतियोगितामा पुरुष खुल्ला विधा अन्तर्गत ६२ केजी मुनी, ६२ दशमलव १ केजीदेखि ६९ केजीसम्म, ६९ दशमलव १ केजीदेखि ७७ केजीसम्म, ७७ दशमलव १ केजीदेखि ८५ केजीसम्म र ८५ केजीमाथि गरी पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी महिला खुल्लामा ५८ केजी, ५८ दशमलव १ केजीदेखि ६४ केजीसम्म र ६४ केजीमाथि गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर अन्तर्गत २१ वर्षमुनि उमेर समूहबीच प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ । कुल ९ वटा तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कार्कीले बताए ।

पुरुष र महिला खुल्ला तथा जुनियर अन्तर्गत पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरुष विजेताहरुबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीबाट नेपालको स्ट्रोङ्गेस्ट एथलिटको घोषणा गरिने र जनही ५० हजार रुपैयाँ सहित ट्रफी, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई नेपाली ब्राण्ड सुर्य प्लाई, लाईफब्वाई, सिद्धार्थ बैंक, भोग गार्मेन्ट, क्यालिबर सुज, पोशिलो फुड् र एनवाईएफए एजुकेशन कन्सलटेन्सीले सघाएका छन् ।

नेपालमा पावरलिफ्टिङ्ग खेलको उत्थान र खेलाडीको विकास गर्ने उद्धेश्य सहित प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv