५ बुँदे माग राखी गठन भयो कन्फडेरेसन अफ् नेशनल स्पोर्टस् यसोशियसन्स

ललितपुर,मङ्सिर २२ गते । खेलाडी, खेल प्रशिक्षक तथा खेलकर्मीहरूको पेशागत र संघहरूको संस्थागत हकहितका लागि कन्फडेरेसन अफ् नेशनल स्पोर्टस् एसोशियशनस् (Confederation of National Sports Associations) गठन गरिएको छ । आज महासंघले नेपाल तेक्वान्दो संघको भवनमा पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो । महासंघले आफ्नो गतिविधिलाई अघि बढाउने क्रममा खेलाडी र राष्ट्रिय खेल संघहरूले विगत लामो समयदेखि भोग्दै आईरहेका समस्याका बारेमा जानकारी गराउने उद्धेश्यले मंसिर १३ गते माननीय युवा तथा खेलकुदमन्त्रीज्यु संग भेटेर आफ्ना भनाई सहित केही माग राखी ज्ञापन पत्रद्वारा ध्यानाकर्षण गराएको कुरा पत्रकार सम्मेलनमा जानकारी गरायो ।

उक्त ज्ञापन–पत्रमा मुलतः तीनवटा विषय वस्तुलाई समेटिएको, जसमा राष्ट्रिय खेलकुद विकास ऐन,२०७७ लाई संशोधन गर्नका लागि बनेको विधेयक, परिषद्मा पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र कर्णाली प्रदेशमा हुन गईरहेको १०औ राष्ट्रिय खेलकुद रहेको कुरा जनाएको छ ।

आज नेपालको खेलकुद बृत्त एक आपासी दन्दमा फसेको हामीले महसुस गरेका छौं । खेलाडी, खेल प्राविधिक तथा खेल कर्मी र खेल संस्थालाई जीवन्त राख्ने र कानून बमोजिम मार्ग निर्दिष्ट गर्ने संस्था राष्ट्रिय खेलकुद परिषद् नै आन्तरिक किचलो र द्वन्दमा फँसेको देखिन्छ । लामो समयदेखि परिषद्का रिक्त रहेका पदहरूमा पदाधिकारिहरूको नियुक्ति समयमा हुन नसकेकाले नेपाली खेलजगत अन्यौलको अवस्थामा रहेको छ । मुलतः कानून बमोजिम ऐनले तोके अनुसार पदाधिकारी तथा सदस्यहरूको नियुक्ति नभई आफु खुशी नियुक्तिको कारणले आज परिषद्मा मुद्धा मामिलाको चाङ्ग लागेको छ । राष्ट्रिय खेल संघहरूको प्रतिनिधित्व हुनुपर्नेमा सो हुन नसकेकोमा अब उप्रान्त परिषद् व्यक्तिगत नभई संस्थागत नियुक्ति गरिनु पर्ने कुरा जानकारी दियो ।

नेपाली खेलक्षेत्रमा रहेका विकराल समस्या र बेथितिहरूलाई दिगो र भरपर्दो तरिकाबाट समाधान र सम्बोधन हुने कानून निर्माण गर्नुपर्ने आजको आवश्यकता भएकोले सो को लागि लोकतान्त्रिक मुल्य मान्यता अनुसार सबै सरोकारवाला पक्षधरहरूको आपासी छलफल सरसल्लाह र सुझाव सहित अघि बढ्नु उचित हुने हाम्रो मान्यता रहेको कुरा जानकारी दिँदै प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताका घटनाक्रम लगायत गण्डकी प्रदेशमा आयोजित नंवौं राष्ट्रिय खेलकुदको आयोजना र सञ्चालनमा देखा परेका विसंगतिहरूबाट सबैभन्दा बढि खेलाडीहरूले भोग्नु परेको दुःख र पिडाको अवस्था र आज पनि ती आयोजित प्रतियोगिताहरू अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता अनुरूप आयोजना हुन नसकेकोले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हार ब्योहर्नु पर्ने अवस्था रहिआएको यर्थाथलाई यशोसियसन्सले मनन् गरेको बतायो । अब सबैले राज्य कोषबाट खेलाडीहरूको उत्थान र विकासका लागि प्राप्त हुने बजेटलाई पारदर्शी बनाई खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र अनुभूति प्राप्त हुने वातावरण सृजना गरिनु पर्दछ भन्ने कुरामा जोड दिएको छ । एशोसियसन्सले ५ बुंदे माग राखी राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री युवा तथा खेलकुद मन्त्रालय लगायत सरोकावाला निकाय सँग अनुरोध गरेको छ ।

यस्ता छन् बुँदाहरु :
१) राष्ट्रिय खेलकुद परिषद्मा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरू यथासिघ्र नियुक्त गरियोस र राष्ट्रिय खेलकुद विकास ऐनको २०७७ को दफा ३ (२) ढ बमोजिम राष्ट्रिय खेल संघहरूको प्रतिनिधि हुने सदस्य पदका नियुक्तिहरू विगतमा व्यक्तिगत पहुँचको आधारमा नियुक्ति हुने गरेकोमा अब उप्रान्त उक्त सदस्यहरूको मनोनयन हामी राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा गरियोस् ।

२) राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धी बनेको निर्देशिका उपर सरोकारवालाहरु संग छलफल र सुझाव लिई पारित गरियोस् ।

३) कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औं राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरू संगको छलफल र परामर्शमा यथासिघ्र घोषणा गरियोस र विगतलाई मनन गरी एक उच्च स्तरिय संयन्त्रको व्यवस्था गरी उक्त संयन्त्रमा खेल संघहरूको पनि संलग्नता रहने गरी १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आर्थिक अपचलन र भ्रष्टचार रहित बनाईयोस्।

४) खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परिक्षण होस र खेलाडीहरूको खानपिन र आवासको उचित व्यवस्था होस र भौगोलिक र प्राविधिक दृष्टिकोणले कर्णाली खेल स्थलको उचाई संग अन्य सहभागी हुने प्रदेशको भूभागको बनावट र वातावरण फरक हुनेभएकोले त्यस्ता प्रदेशका खेलाडीहरूलाई कम्तिमा पनि ३ देखि ४ दिन अघि नै खेल स्थलमा पु¥याईयोस्।

५) राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझाव सहित अघि बढाईयोस्।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv