हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
काठमाडौं, मंसिर २३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा हाइ लेभल स्पोर्ट्स सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबारदेखि सुरु भएको छ ।
सेमिनारको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै प्रशिक्षण विधिलाई वैज्ञानिक बनाउन व्यापक सुधारको खाँचो रहेको आवश्यकता औल्याए ।
पुस ३ गतेसम्म चल्ने सेमिनारमा विभिन्न खेलका ३२ प्रशिक्षक सहभागी छन् ।
सहभागीलाई सुशिलनरसिंह राणाले एप्लाइड साइन्स, सञ्जय महर्जनले न्युट्रिसन, रमन नेपालले साइकोलोजी र डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी र प्राथमिक उपचार सम्बन्धी ज्ञान दिने छन् ।