लालीगुराँस र हिमरश्मि बास्केटब च्याम्पियन
काठमाण्डौं,मङ्सिर २३ गते । लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मिले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत बास्केटबलको उपाधि आइतबार जितेका छन् । लालीगुराँस जुनियर छात्र तथा हिमरश्मि सिनियर छात्रामा च्याम्पियन बने ।
मनमैजुस्थित घरेलु कोर्टमा भएको जुनियर छात्र फाइनलमा लालीगुराँसले एन्जल्स हार्टलाई २३–१८ ले पराजित ग¥यो । लालीगुराँसका सर्गम गुरुङले ९ अंक जोडे । हिमरश्मि र जीवन ज्योति तेश्रो भए ।
तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्राको उपाधि भिडन्तमा हिमरश्मिले ल्यान्डमार्क एकेडेमीलाई २५–१६ ले हरायो । हिमरश्मिकी निमा तामाङले ७ स्कोर गरिन् । लालीगुराँस र मानसिंह धर्मले तेश्रो स्थानमा चित्त बुझाए ।
विजेतालाई तार्केश्वर नगरापालिका वडा १० का अध्यक्ष कुमार राई, मेयर रनिङ सिल्ड खेलकुदका संयोजक राजेन्द्रप्रसाद तिमिल्सिना, नगर शिक्षा अधिकारी पदमबहादुर खत्री, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पाँचदिने नकआउट प्रतियोगिताको जुनियर छात्रमा १८ तथा सिनियर छात्रामा १४ टिमले प्रतिस्पर्धा गरेको लालीगुराँसका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
करातेमा लालीगुराँसलाई उपाधि
लालीगुराँले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत करातेको उपाधि जितेको छ । १५ विद्यालयको सहभागिता रहेको करातेमा सर्वाधिक ६ स्वर्ण, १ रजत र २ कांस्य जित्दै लालीगुराँस समग्रमा च्याम्पियन भयो ।
मानसिंह ४ स्वर्ण, ३ रजत १ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको सिद्धार्थ मोडेल एकेडेमीले १ स्वर्ण र १ रजत हात पा¥यो । १२ स्पर्धा समावेश करातेमा प्रारम्भ वल्र्ड स्कुलले १ स्वर्ण र १ कांस्य हासिल ग¥यो । विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।