गणतन्रका शासक बिरुद्ध डडेल्धुरामा बाइक र्याली (तस्बिर सहित )
डडेल्धुरा,चैत २१ गते । स्वतन्त्र आम युवाहरुको समुहले डडेल्धुरामा गणतन्त्रका शासक बिरुद्ध बाइक र्याली गरेका छन । आज दिउँसो उग्रतारा मन्दिर देखी डडेल्धुरा बजार सम्म बाइक र्याली निकालेर बिरोध प्रदर्शन गरेका हुन् ।
राज्यको आतंक,भ्रष्टाचार र बेथितीका बिरुद्ध देशभक्त युवाहरु एक हौं भन्ने नारा लगाउँदै उनिहरुले बजार परिक्रमा गरेका थिए ।
युवा तथा समाजसेवी तेज बहादुर भण्डारी र मदन बहादुर बोहराको नेत्रुत्वमा उक्त र्याली निकालिएको थियो ।
बिरोध र्याली बारे प्रस्ट पार्दै तेज बहादुर भण्डारीले “आजको दिनमा भ्रष्टाचारी,सामन्ती शैलीका शासकहरुबाट देश जोगाउन युवाहरुमा जागरण ल्याउन जरुरी रहेको र अहिले सही बेला आएको बताए । “अब पनि हामीले देशमा ब्याप्त ब्यथितीको सामना गर्न सकेनौ भने यो देश अब सोमालिया जस्तै हुन सक्छ भोकमरी र बेरोजगारले युवा पलायन हुन सक्छ । त्यसैले अब सबै जाग्न जरुरी छ ।” भने ।
उनिहरुले देश भक्त युवाहरु एक हौ ! नालयक सरकार मुर्दाबाद ! भ्रष्टाचारीलाई कारवाही गर ! महंगी,अन्याय,अत्याचार र भ्रष्टाचारको अन्य गर ! जस्ता नारा लगाएका थिए । र्यालीमा समाजसेवी, युवा र युवा ब्यावसायीहरुको सहभागिता रहेको थियो ।