पशुपति शर्माको गीत युट्युववाट हटाएपछि कर्णालीका कलाकारले निकाले अर्काे त्यस्तै गीत :
काठमाण्डौं, ६ फागुन । गायक पशुपति शर्माको गीत विवादित भएर गायकले युट्युववाट हटाएपछि सर्वसाधारणहरुले त्यसको चर्काे विरोध गरेका छन् । नेकपा निकट कार्यकर्ता र नेताहरुले गीतमा गरिएको शब्द चयनको विरोध जनाएका छन् भने सर्वसाधारणले भने गीतले वास्तविकता उजागर गरेको भन्दै प्रतिवन्ध लगाउन नहुने बताएका छन् ।
यसै सन्दर्भमा कर्णालीका कलाकारहरुले गायक पशुपति शर्माको पक्षमा गीत नै तयार पारेका छन् । गीतमा भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने गीत रोक्न नहुने भन्दै गीत मार्फत सरकारको विरोध गरेका छन् । कलाकारहरुले अभिनय मार्फत पनि सरकारको विरोध गरेका छन् । निकै कलात्मक तरिकाले अभिनय र गीत निर्माण गराएका कर्णालीका कलाकारहरुले सो भिडियो फेसवुक मार्फत सार्वजनिक गरेका छन् । गीतमा भनिएको ‘छ छैन तेरो भर सरकार, छैन तेरो भर । सत्य बोल्छौं छाती खोल्छौं देश निकाला गर’ भनिएको छ ।
पशुपति शर्माले ‘जति सक्छौ लुट कान्छा’ भन्ने गीतमा भएका केही शब्दले राष्ट्रपतिको अपमान गरेको भन्दै गीत विवादित भएको छ । सो विवाद पछि गायक पशुपति शर्माले गीत युट्युववाट हटाएका छन् । उनले शब्द परिमार्जन सहित पुन केही समय पछि गीत युट्युव मार्फत सार्वजनिक गर्ने बताएका छन् ।