१५ वर्ष देखि तलब नपाएका शिक्षककाे बिलाैना
काठमाण्डौ,फागुन ८ । बैतडी जिल्ला दाेगाडाकेदार गाउँपालिका वडा नं.१ रिम निवासी पदम बहादुर सार्कि २०६० साल भदाै ३१ गते देखि साेहि गाउँमा रहेकाे भुमिराज प्रा.वि. मा निरन्तर पढाइरहेका छन् ।
याे भन्दा पहिले पनि उनले साेहि स्कुलमा पढाउँथे तर कुनै तलव र सुविधा थिएन । अति नै गरिब विपन्न दलित परिवारमा जन्मिएका उनी एसएलसी परिक्षामा प्रथम श्रेणिमा उत्तिर्ण भएका थिए । पढ्ने रहर थियाे तर आर्थिक अवस्थाका कारण उनले आफ्नो पढाइलाइ विचमै राेक्नु पर्ने भाे । उनी पढाइमा अब्बल, मेहनति र दलित भएकै कारण दलित काेटामा रिम गाउँकै भुमिराज प्रा.वि.मा न्युनतम ज्याला दिने भनेर विद्मालय व्यवस्थापन समितिले नियुक्ति गरे तर उनले नियुक्ति पत्र त परै जाओस उनले परिश्रम अनुसारकाे पारिश्रमिक समेत पाएनन र उनले नगर्ने भनेर केहि समयमै काम छाेडिदिए तर गाउँले बसेर मिलिजुली काम गर्नु पर्छ तिम्राे लाइसेन्स पनि छैन ।
तलव सुविधा दिन्छाै भनेर फेरी २०६०।५।११ गते उनलाइ विद्मालयमा नियुक्ति गरियाे र उनले पढाउन शुरू गरे तर तलव सुविधा केहि पनि दिइएन तर दैनिक हाजिर लगाउने र पढाउने कामलाइ निरन्तरता दिंदै गए । याे विचमा उनले तीन चार पटक सम्म जिल्ला शिक्षा कार्यालय बैतडीमा समेत अाफुले तलव नपाएकाे भनेर निवेदन दिए, तर त्यसकाे कुनै पनि सुनुवाइ भएन ।
त्याे स्कुलमा अाउने स्राेत व्यक्ति संग पनि गुनासाे राखें । गाविस देखि अहिलेकाे गाउँपालिका सम्म पनि धेरै निवेदन दिइ सकेकाे छु तर अहिले सम्म मेराे सुनुवाइ भएकाे छैन । विद्मालय व्यवस्था पनि समितिकाे बैठक हाेस वा कुनै कार्यक्रम हाेस उनले आफ्नो तलव मांग गरिरहे ।
२०६४।१।३१ गते एक महिनाकाे मात्र हाजिरी नहाेला मैले विदा लिएकाे थिएँ नत्र मैले विद्मालय समयमा जाने हाजिर गर्ने र विद्मार्थिलाइ पढाउने काम गरिरहें ।
पटक पटककाे ताकेता पछि लाइसेन्स प्राप्त भएपछि सबै रकम एकमुष्ट दिने हाे । मिलिजुलिमा राखेकाे हाे । मिलिजुलीमै खानु पर्छ भनेर फकाइ रहे तर हरेक समय झै उनलाइ विद्मालयमा अल्झाउने काम भइ नै रह्याे ।
लाइसेन्सकाे कुरा पटक पटक उठेपछि उनले शैक्षिक अध्यापन अनुमतिपत्रकाे लागि परिक्षा दिए र पास भए । उनले मिति २०५९।५।१२ काे निर्णय अनुसार निमावि तह सम्मकाे अध्यापनकाे लागि २०७०।६।२२ गते अनुमतिपत्र प्राप्त गरे तर अहँ उनले तलव पाएनन ।
शिक्षा कार्यालयलाइ साेधपुछ गर्दा याे तिम्राे नियुक्ति शिक्षा कार्यालयले दिएकाे हाेइन त्यसैले विद्मालयकाे निजिस्राेत हुन सक्छ त्यहिं सम्पर्क गरी भन अब यहाँ भन्ने ठाउँ कुनै छैन भनेर माैखिक जवाफ दिइ रहे ।
पदमबहादुर सार्कि कै विषय लिएर गाउँमा बुढापाका देखि युवाहरू संग साेधपुछ गर्दा काम पदमबहादुर सार्कि संग गराउँछन तर तलव अर्कैकाे श्रीमति राखेर खुवाउँछन भन्ने सुनेकाे हाे तर काे हाे हामीलाइ केहि थाहा छैन तर विचरा पदम निकै मर्कामा परेकाे छ । यसकाे सुनिदिने काेहि छैन ।
गाउँका केहि गन्यमान्य संग आफ्नो पिडा पाेख्दा खाेइ कसले हाे अख्तियारमा समेत उजुरी गरेकाे तर त्यस उपर समेत के कारवाही भयाे आफुलाई जानकारी नभएकाे पदम सार्कि बताउँछन ।
मैले गरेकाे हाजिरि र अन्य शिक्षकले गरेकाे हाजिरी कापि एकै छ । साेहि प्रमाण बाहेक म संग अरू मैले पटक पटक शिक्षा कार्यालय र गाविस, गाउँपालिकामा दिएका निवेदनका प्रतिलिपी म संग छन । लाइसेन्स छ । दैनिक पढाउने घर फर्किने गरेकाे छु ।
सारा दलित पिडित मेरा साक्षी छन । मेराे सुनुवाइ कहिं भएन । म निकै गरिब छु मेराे गास, वास र कपासकाे समस्या छ । मेराे पक्षमा बाेलिदिने काेहि छैन । अहिले पनि पढाउँदै आएको छु । मुद्दा मामिला गर्न पनि म संग प्रमाण छैन भए पनि म लड्न सक्दिन ।
बिहान खाएर बेलुका के खाने हाे भनि छाक टार्न नसकेका पदमबहादुर सार्किकाे घरमा छाेराकाे तलव आउला र केहि आर्थिक सुधार हाेला भनेकाे हाे तर यतिका वर्ष पढाएकाे सुकाे पनि दिएनन छाेडेर गए त्यहि पनि पाउँदैन कि भन्दा भन्दै १५ वर्ष बितिसके हामी गरिबकाे मुहार कहिले फेरिएला पिडित पदम बहादुर सार्कि दुखेसाे पाेख्छन ।