‘होटल सेन्ट्रल प्लाजा’ लाई पाँच तारे होटलको मान्यता
(बाँके) कोहलपुर ,फागुन १४ । बाँकेको कोहलपुरमा सञ्चालित ‘होटल सेन्ट्रल प्लाजा’ लाई पाँच तारे होटलको मान्यता पाएको छ । कोहलपुर नगरपालिका वडा नं ४ महेन्द्रनगर रोडमा होटल सेन्टर प्लाजा एक बर्ष अघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट मंगलबार पाँचतारे स्तरको प्रमाणपत्र पाएको हो ।
विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको होटलका प्रबन्ध निर्देशक देवानन्द्र अर्यालले जानकारी दिनुभयो । बाँके जिल्लामा रहेका दुइओटा पाँचतारे होटल मध्ये सोल्टी वेस्टेण्ड प्रिमियर र होटल सेन्ट्रल प्लाजा भएका छन् । १६ रोपनी क्षेत्रफलमा फैलीएको होटल सेन्टर प्लाजा ६० करोडको लगानीमा सञ्चालनमा भएको हो ।
होटल सेन्टर प्लाजाले स्थल तथा हवाई मार्ग हुदै मध्य तथा सुदूरपश्चिममा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने संचालक देवानन्द अर्यालले बताउनुभयो ।
होटलमा ३२ स्क्वायर फिटको स्वीमिङ्ग पुल, दुईवटा बार, तिन वटा सेमीनार हल रहेको छन् । तिन वटा सेमीनार हलहरु मध्ये ५० जना, १ सय जना र ६०० जनाको क्षमता रहेका छन् । होटलमा ८० वटा रुम क्षमता रहेको छ । होटलमा स्पा, जिम, सपीङ्ग कम्पलेक्स, बेकरी लगायत रहेका छन् । ए, बि र सी गरी तिनवटा ब्लगमा भवनहरु रहेका छन् ।
बि र सी भवनमा २३ । २३ वटा रुमहरु रहेका छन् । होटलमा ५ वटा प्रेसिडेन्सीइल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम रहेको छ ।
३२ सय स्क्वायर फिटको स्वीमिठ पुलमा आउटलेट सहितको बार रहनेको संचालक अर्यालले बताउनुभयो । होटलमा सेमिनार हल सहित बिभिन्न सपीङ्ग पसलहरु पनी रहेको छ ।
कोहलपुर मध्य तथा सूदुरपश्चिम क्षेत्रका १९ जिल्लाको प्रवेश द्धारका रुपमा रहेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै स्थानिय होटल व्यवसायी अर्यालले पाँचतारे सेन्टर प्लाजा निर्माण गरेको बताउनु भएको छ ।
ब्यवसायी अर्यालले पाँच तारे होटलको मान्यता पाइराख्दा क्यासिनो पनि सञ्चालन गर्न पाउने मान्यता हुन्छ तर तत्काल आफ्नो होटेलको कुनै योजना नभएको बताउनुभयो । निकट भविष्यमा ग्राहकको मागअनुसार सञ्चालनमा ल्याइने बत्ताउनुभयो ।
अर्यालले कोहलपुरमै विगत पाँच वर्षदेखि सेन्ट्रल प्लाजा होटल चलाउँदै आउनुभएको छ । रोजगारीका लागि दक्षिण कोरिया पुग्नुभएका अर्याल सन् २००८ मा कोहलपुर फर्किएर होटल व्यवसाय सुरु गर्नुभएको हो ।