बिश्लेशक सेढाईको सनसनीपूर्ण खुलासा:सिके रावत सँग नागरिकता,सिमा र स्वतन्त्र मधेसको के कनेक्सन छ ?(भिडियो सहित )
काठमाण्डौ,फागुन २७ । नागरिकता,सिमा र तराईलाई नेपालबाट अलग गराउने गुरु योजना अनुरुप नै सिके रावतलाई छाडिएको बिस्लेशक,नागरिकता र सिमा बिज्ञ हेमन्त सेढाईले ठोकुवा गर्नु भएको छ । तराइका अन्य पार्टीलाई समेत ओझेल पार्ने गरी रावतलाई नेकपाले अघी सारेको उल्लेख गर्नु भयो । हेर्नुहोस् भिडियो :-
आईतबार नियात्रा टिभी सँगको अन्तर्वाताको क्रममा नेपाली पहाडी नारीलाई तथानाम बोल्ने रावतलाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवस कै दिन सम्मान गरेको देख्दा आश्चार्य परेको भन्नु भयो । ‘अब हेर्नुहोला नेकपामा २ होइन, प्रचन्ड,ओली र रावत ३ जना पाइलट हुनेछन । देश फिजिकरण हुन सक्ने खतराको संकेत देखेको छु’ भन्नु भयो ।