चलचित्र पत्रकार संघको शुभकामना तथा अन्तर्कृया कार्यक्रम सम्पन्न
काठमाण्डौं, बैशाख २ । नयाँ बर्षको अवसरमा चलचित्र पत्रकार संघ नेपालले चियापान समारोह तथा चलचित्र क्षेत्रका बेथिती विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमूख अतिथ्यतामा आईतबार राजधानीमा सम्पन्न भएको हो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले नव नियुक्त विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बधाई तथा ज्ञापन पत्र दिएको थियो । साथै बर्ष २०७५को समिक्षगत अवधारण पनि कार्यक्रममा संयोजक तथा चलचित्र पत्रकार संघका सचिव समीर बलामी प्रस्तुत गरेका थिए ।
फिल्म क्षेत्रमा समस्या नै समस्या रहेको,फिल्म निर्माण, वितरण र प्रदर्शनमा धेरै समस्या भएको प्रमुख अतिथी भट्टराईले बताए । त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण संभव नरहेको उनको तर्क गरे । उनले भने “भरखरै नियुक्ती भएको छु आफ्नो पहिलो काम चलचित्र नीतिलाई सरकारबाट पारित गराउने हो ।” जब चलचित्र नीति बन्छ, त्यसपछि फिल्म क्षेत्रमा देखिएका बेथितीहरुको वारेमा समाधान खोज्न सजिलो हुन्छ । हामी सबै मिलेर प्रक्रियागत रुपमा समाधान खोज्न सक्छौं अध्यक्ष भट्टराईले भने ।
चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले फिल्म क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाए । उनले फिल्मकर्मीमा सम्मान र सद्भाव नै नरहेको दावी गरे । आफ्नो फिल्म आउँदा सबै जायज र अरुको फिल्म आउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए । यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरु जिम्मेवार रहेको बताए ।