गृहमन्त्रालयको पत्र जलाउने क्रममा नयाँबानेश्वरमा प्रहरी र प्रदर्शनकारी बिच झडप ( भिडियो सहित )
काठमाण्डौं, बैशाख १६ । तराईमा भारतीयलाई नागरिकता बाँड्न दिने गृहमन्त्रालयको आदेशको बिरोधमा आज बुद्धिजिवी बर्गले जुलुस निकालेका छन । माइती घर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर जुलुस सभामा परीणत भएको थियो । हेर्नुहोस् भिडियो :-
गृहमन्त्रालयको पत्र जलाउने क्रममा केही बेर झडप भएको थियो । झडपमा प्रहरी र जुलुसमा सहभागी भएकाहरु सामान्य घाइते भएका छन ।
बिरोध सभा ‘नागरिकता बिधेक बिरुद्ध संघर्ष समितीले आयोजना गरेको थियो । साध्य बहादुर भण्डारी, नेकपा मालेका महासचिव सिपी मैनाली, संयुक्त जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सी लगायतको अगुवाइमा भएको उक्त कार्यक्रम १ घण्टा चलेको थियो ।