गिनिज बुक अफ वल्ड रेकर्ड राख्न श्रेष्ठ दिदीबहिनी १४० घण्टा नाच्ने तयारी
काठमाडौं,जेठ २ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदि बहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्ड रेकर्ड राख्ने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भर्र्याङ् स्वयम्भुस्थित कालिमाटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन् ।
रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले विश्व रेडर्क कायम गर्नको लागि श्रेष्ठ दिदिबहिनीलाई शुभकामना दिए । सांसद केसीले यो कार्यक्रमलाई सफल तुल्याउन आफ्नो तर्फबाट सबैखाले सहयोग रहने पनि विश्वास दिलाए ।
कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड ईभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुई वटा विश्व रेडर्क कायम भैसकेकोले यसपटक पनि सफल हुने विश्वास दिलाए । लामा विगत लामो समयञदेखि मोटिभेश्नल स्पिकरको रुपमा काम गर्दै आएका छन् । कार्यक्रममा श्रेष्ठ दिदिबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व किर्तीमानी कायम हुने विश्वास व्यक्त गरे ।
यो इभेन्टलाई सफल तुल्याउनको लागि सबै नेपालीहरुलाई साथ र सहयोग गर्न उनले आग्रह पनि गरे । यसअघि यो किर्तीमानी संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा छ । उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए ।