बिषालु च्याउ सेवनको कारण ६ जनाको गयो ज्यान
काठमाण्डौं,जेठ ३१ । बिषालु च्याउ सेवनको कारण गम्भीर बिरामी भै उपचार गराई रहेका ११ जना मध्य ४ जनाको उपचारका क्रममा निधन भएको छ । निधन भएका १४ बर्षिय निरुता सिह, १२ बर्षिय निशा सिह, ६ बर्षिय सुमन सिह, तथा ४७ बर्षिय पुर्ण खाम्चा मगरको पशुपती आर्यघाटमा आजै सामुहिक दाहसंस्कार गरिएको छ ।
पाल्पा जिल्लाको दुर्गम गाउँ, निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबासको सार्की डाडामा रहेका ११ घर मध्ये दुइ ठकुरी परिबारका ८ जना र दुइ मगर परिबारका ३ जना गत जेठ २४ गते शुक्रबार जंगली बिषालु च्याउ खाँदा गम्भीर बिमारी भएका थिए ।
छरछिमेक गांउलेहरुको सहयोगमा बिरामीहरुलाई बोकी २०७६/२/२५ गते शनिबार सार्की डांडाबाट हुसेकोट सम्मको डेढ घण्टाको पैदल यात्रा र हुसेकोटबाट डेढ घण्टा सबारी साधन मार्फत परासीको मध्यबिन्दु अस्पतालमा ३.३० बजे पुर्याइएकोमा त्यहाँ उपचार हुने सम्भावना नभएकोले उक्त अस्पतालले २६ गते भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिदिएको थियो तर उक्त मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा आईतबार २६ गते ४ बर्षीय बिष्णु सिंह ठकुरी तथा ८ बर्षीय निर्मला सिंह ठकुरीको उपचारको क्रममा निधन भएको छ ।