कविता ‘देवदुतहरू’
हे मेरो देवता
देवादिदेव महादेव
तिम्रा दूतहरूसंग
अमृत पठाउदा पठाउदा
म थाकिसकें !
कतिन्जेल
मैले पठाएको अमृत घटघट पिएर
मेरो लागि
बिषको प्रसाद फिर्ता पठाउछौ हं?
कालो बटुकीमा …
थाहा छ तिमीलाइ!?
तिमीले पठाएका सबै बिष
मेरो घाँटीमा अड्काएकी छु
मलाइ निलकण्ठ हुन मन्जुर छ
त्यहि बिष
तिमीलाइ फिर्ता पठाउन मन्जुर छैन !
औडाहा भएको
तिम्रो अनुहारमा झल्केको पिडा
हेर्न
सुन्न
मन्जुर छैन!
देवदुतको सामु
तिमीले पठाएका विषका एकएक थोपाहरू
तिमीले प्रेमले पठाएको भन्दै मुस्कुराउदै निल्दैछु !
बिषले पोलिएकी म
भित्रभित्रै पिडा सहेको देखेका छौ?
तिमीले पलपल चोट दिदा पनि
तिमीले पलपल घात गर्दा पनि
मुस्कराएर तिम्रै भर परिरहें
आफैं दोषी बनीरहें !
सायद
तिमीलाइ आफ्नो भनेर
बारबार भूल गरिरहें
भनन मेरो देवता
कहिलेसम्म पत्थर बनेर
मन्दिर भित्रै सजिन्छौ ?
फूल
माला
अविर लगाएर
फल खाएर
लड्डु खाएर
धूपको सुगन्धमा रमाउदै
कुन जुनीसम्म
शंखघण्टको आवाजमा
मन्त्रमुग्ध भैरहन्छौ ?
कतिन्जेल मलाइ छल गरेर
अनेक रूप धर्छौ ?
सतिदेवी
गौरी
गोमासंग रासलिला गर्छौ?
कति स्वाङ् गर्छौ
मेरै मायामा पागल छु भनेर !?
नपठाउ बिष्णु
नपठाउ जालन्धरहरू
मलाइ छल गर्नलाइ
मेरो परिछा लिनलाइ
नधर मृगमृगरूप
किरात रूप !
म हरहालतले
काँडा टेक्दै टेक्दै
वार नाघ्दै नाघ्दै
मृग रूप लिइ
किरात रूप धरी
पहिल्याछुु
तिमीलाइ
सजाउछु
तिमीलाइ
मेरो शिरको ताज बनाएर !
लुकाउछु तिमीलाइ
मेरो मुटुको धड्कन बनाएर !
हे झेली महादेव
कति लिन्छौ हं मेरो प्रेम परिक्षा ?
मेरो मर्म छेदन गर्दै
किन त्रिशुल प्रहार गरिरहन्छौ ?
तिमीलाइ थाहा छ ?
हरेक बिहान
मेरो आँखाको नानीमा
तिमीनैं उदाउछौ
मनमटुमा तिमी नैं
नाचिरहन्छौ !
मेरो
प्रत्येक ढुकढुकीले
प्रत्येक स्वासले
तिम्रै पूजा गर्दछ!
मेरो मुखले तिम्रै नाम जप्दछ !
मयमेरो दुइ हातले तिम्रै आराधना गर्दछ !
आराधना गर्दछ
प्रवेशद्वारमा तैनाथ छन्
पुत्र गणेश
कुमार
उनले विना मेरो अनुमती
कसैलाइ दिदैनन् प्रवेश!
भो भो मेरो सेवामा
कुनै अप्सराहरू नपठाउ
भो नपठाउ कुनैं देवदुतहरू
मलाइ उनीहरूलाइ कविता सुनाउनु छैन
मलाइ उनीहरूसंग गीत गुनगुनाउनु छैन
वस्
तिमी मेरो सामु आउ
तिमी धड्किएको मेरो मुटुमा
मायाको हवाइजहाज उडाउ
मलाइ मन्जुर छ तिमी भित्रै रित्तिन
मन्जुर छैन तिमीलाइ गुमाउन
भो म सक्दिन !
अरूसंग रमाउन ?
हे मेरो ताण्डव नृत्यवाला
मलाइ तिमीसंगै गुनगुनाउनु छ
जीवन गीत !
हे मेरो मनको देवता !
पार्वतीको प्रेम
कच्चा नठान
हे मेरो भोलेनाथ
मेरो प्यारो महादेव !
अनुश्रुती