सन्चु थोकरको “स्ह्यामा पिन्बा” उत्कृष्ट

काठमाण्डौं, असार २ । तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना र एससीआरसीको सहकार्यमा राजधानीमा दुई दिनसम्म भएको “तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव २०१९” सम्पन्न भएको छ । उक्त महोत्सवमा १९ वटा लघु फिल्मले प्रतिस्पर्धामा भाग लिएका थिए । निर्णायक मण्डलको आधारमा ‘स्ह्यामा पिन्बा’ले ग्राण्ड जुरी अवार्ड सेमरी छोरङान पाएका छन् भने अवार्डसँगै नगद ५० हजार जितेका हुन् । सन्चु थोकरद्धारा निर्देशित १६ मिनेटको उक्त फिल्म नुवाकोट आसपासका तामाङ समुदायको छोरीलाई हुर्केपछि स्ह्यामा पिन्बा प्रचलनलाई देखाउन खोजिएको छ ।

महोत्सव अध्यक्ष बिगेन्द्र वाईबा तामाङको सभापतित्व रहेको अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सवमा बुद्धचित्त, स्ह्यामा पिन्बा, मधुराजा, छ्यो पोङ, जर्नी टु सिङ्ला, ह्याङ्ला बोन, पिलग्रिम टु पाँचपोखरी, क्युई, संस्कार, स्वयम्भु तेमाल जात्रा, नोर्बु, सैलुङ यात्रा, धुर्सा, तउसर माने जात्रा, शिशाघासा, गिफ्ट फ्रम मदर, म्हेन्दोमाया र फापारे ह्वाई सहभागी भएका थिए ।

फिल्महरुले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए । ‘छ्यो पोङ’ फिल्मलाई पब्लिक च्वाइस अवार्ड नगद रासी सहित प्रदान गरिएको थियो भने स्पेशल मेन्सन एवार्ड – ‘म्हेन्दोमाया’ डकुमेन्ट्रीलाई, इन्करेजमेन्ट अवार्ड ‘नोर्बु’ फिल्मलाई , डकुमेन्ट्रीतर्फबाट बेस्ट डकुमेन्ट्री अवार्ड “मधुराजा” फिल्लाई , लघु फिल्मबाट बेस्ट फिल्म अवार्ड नगद रासी सहित “क्युई” फिल्मलाई रहेको थियो । महोत्सवको आकर्षणमा भेषभुषा, पुस्तक, थाङका चित्रकला एवं मुर्तिकला प्रदर्शनमा राखिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv