ईनिस्पेक्टरले समातिन राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने गुण्डालाई

काठमाण्डौं,असार ३१ । बालुवा सेटिङमा घुस लिएको आरोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ असईसहित ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएपछि कोटेश्वरका हालका इन्चार्ज राजु लामालाई हटाएर इन्सपेक्टर एलिजा गिरीलाई पठाइएको हो । गिरी सो क्षेत्रमा इन्चार्ज भएर पुगेपछि सो क्षेत्रको अहिले छुट्टै रौनक छ । कुनै बेला समाचार वाचिकाको रुपमा काम गरेकी एलिजाले केही म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् । २०७० सालवाट प्रहरीसेवामा प्रवेश गरेकी गिरीको सुन्दरताको पनि चर्चा हुन्छ ।
राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने धन्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई पक्राउ गरेपछि सो क्षेत्रका स्थानियले केही राहत महशुष गरेका छन् । महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीको कमाण्डमा गएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो । फरक क्षेत्रवाट प्रहरी सेवामा प्रवेश गरेकी गिरीले कोटेश्वरमा इन्चार्ज पद सम्हाल्नासाथ पाएको सफलताले उनको चर्चा झन चुलिएको हो । लामाका हरेक अराजक र गैरकानूनी क्रियाकलापबाट आजित बनेका सर्वसाधारणहरूको उजुरीपछि निरीक्षक गिरी एक्सनमा उत्रिएकी हुन् ।

काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका ‘टोले गुण्डा’ लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई डर, त्रास र धाकधम्की दिएर महिनावारी उठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । महिनावारी नदिए मार्नेसम्मको धम्की दिँदै आएका लामालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ । ‘टोले गुण्डा’ लामा ०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल समेत परेका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv