२३ औं रोधी साँझ तथा रजत जयन्ती २०१९ लाइ धमाकेदार हुँदै
टोकियो,साउन १३ । तमु धिं जापानको आयोजनामा हुन लागेको २३ औं रोधी साँझ तथा रजत जयन्ती २०१९ लाइ धमाकेदार बनाउन चर्चित हाँस्य कलाकार फुलन्देको आमा (उमेश राई) लोक-दोहोरी गायिका सबिना गुरुङ टोकियो आउने भएका छन् ।
स्थापनाको २५ बर्षे इतिहास बोकेको तमु धिं जापानले तमुहरुको मौलिक संस्कृति परम्परालाइ जिवन्त राख्न हरेक वर्ष रोधी, ल्होसार जस्ता चाड पर्वमा विविध साँस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ ।
यही निरन्तरतालाई कायम राख्दै यस यात्रालाई अझ परिस्कृत, परिमार्जित र जिवन्त राख्न संस्थाले रजत जयन्ती तथा रोधी साँझ आयोजना गर्न लागेको हो ।
बिदेशी भुमिमा रहेर पनि आफ्नो मौलिक संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धन र आदिबासी जनजातिको हक अधिकारको आवाज उठाउँदै आइरहेको तमु धिं जापानले अध्ययन तथा रोजगारीको सिलसिलामा जापानलाइ आफ्नो कर्म थलो बनाइ बसेका तमुहरू बिच एकता, समिप्यता र भाइचाराको सम्बन्ध कायम गर्दै आइरहेको छ।