पर्यटन मन्त्री योगेश भट्टराईलाई नेपाल बार एसोसिएशनका पुर्व अध्यक्ष डा. युवराज संग्रौला ६ सुझाव

काठमाण्डौं,साउन १७, डा. युवराज संग्रौला । योगेश भट्टराईलाई बधाई दिन मैले चाहिन । यो वहाँको सफलता होइन । यो वहाँको जिम्मेवारी हो । वहाँ जनताको लागि काम गर्न जाँदै हुनुहुन्छ।फेसबुकमा चाकरी गर्ने अनि देश बिग्रेकोको रडाको मच्चाउने मानिस देखेर देश काहां बिग्रेको छ भन्न सकिन्छ। म जस्ताको काम राम्रो काम गर्न सहयोग माग्दा सहयोग गर्ने हो। मेरो वहाँँलाई अनुरोध छ ।
१. नेपाल बायुसेवा निगमलाई काम गर्न दिनुहोस । यो जनताको सम्पती हो,यस्को संरक्षण गर्नुहोस ।
२.बिमानस्थलमा सशस्त्र प्रहरीलाई हतियार सहित सुरक्षामा खटाउनु होस । नेपाल प्रहरीलाई यात्रु सुरक्षामा राख्नुहोस । आउँदाको पासपोर्ट चेक नेपाल प्रहरीलाई दिनुहोस । गृह मन्त्रालयले मान्दैन लडनुहोस ।
३. नेपाल भित्र आउने र नेपालबाट बाहिर जाने बिमानभित्र अन्तर्राष्ट्रिय भाषा र नेपाली भाषामा सूचना भन्नू पर्ने अन्तर्राष्ट्रिय नियम हो लागू गर्नुहोस ।
४. लामो दुरिबाट आएका बिमानलाई होल्डिङ्गमा राख्न रोक्नुहोस । दुर्घटना हुने चान्स बढी हुन्छ ।
५. विमान सेवामा केही मानिसको माफियातन्त्र छ । जुन मन्त्री आएपनि उस्कै गोजिमा मन्त्री हुन्छ । माफिया सङ्ग सतर्क हुनुहोस ।
६. पर्यटन मन्त्रालयमा अहिले सम्म भ्रस्टाचारका अनेक कुरा बाहिर आएका छ्न। सक्नु हुन्छ भने भ्रस्टाचारि खोज्नु होस। बिस्तारै अगि बड्नुहोस।अन्यथा शेर बहादुर जी को हालत बनाउछन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv