सामाजिक सेवामा अग्रसर अम्बिका एनआरएनए कोरियामा उमेद्वारी दिंदै
कोरिया,साउन २५ । एनआएनए कोरियाको सातौँ अधिवेसनमा उपाध्यक्ष पदमा कोरियामा अम्बिका डिसी पार्कले उमेद्वारी दिने भएकी छिन् । कोरियामा रहेका नेपालीहरुलाई सहयोग सँगै सामाजिक कार्यमा अग्रसर रही बिभिन्न इपिएस अन्तर्गत सहयोग परामर्श गर्दै आफ्नो ब्यबसाय पनि गर्दै आउनु भएकी हुन् ।
कोरियामा रहेका नेपालीहरुको हकहित र अझ उत्तरदायी हुनका लागि यस पटक आफ्नो उमेद्वारी दिएको पार्कले बताएकी छिन् ।
एनआरएनए दक्षिण कोरियाले सातौँ महाधिवेसन आगामि सेप्टेम्बर २१ र २२ मा गर्ने गरी मिति तय गरिसकेको छ । मतदाता फाराम यहि अगस्त १८ तारिख सम्मको म्याद राखेको छ ।