मन्त्री योगेशले एकै दिनमा भेटे युरेपियन,अमेरिका,श्रीलन्का र जापानका राजदूत
काठमाण्डौं,साउन २९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईज्यूसमक्ष संयूक्त राज्य अमेरिकाका महामहिम राजदूत H.E. Mr. Randy W. Berry,यूरोपियन यूनियनका महामहिम राजदूत H.E.Ms. Veronica Cody,सँयुक्त अधिराज्यका महामहिम राजदूत H.E. Mr. Richard Morris,जापानका महामहिम राजूत H.E. Mr. Masamichi Saigo र श्रीलंकाका महामहिम राजदूत H.E. Swarna Perera ले शिष्टाहचार भेट भएको छ ।
भेटका अवसरमा सवै महामहिम राजदूतहरुसँग दुई देशवीच रहि आएको सम्वन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । माननीय मन्त्रीज्यूले सम्वन्धित मुलुकहरुबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका विविध क्षेत्रमा भएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो ।
नेपालले सांस्कृतिक सम्पदाहरुको पूननिर्माणमा अपेक्षित प्रगति हाँसिल गरेको, पर्यटकीय गन्तव्यहरुको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकताका साथ क्रियाशिल रहेको वताउदै माननीय मन्त्रीज्यूले हवाई उड्डयन र हवाई सुरक्षाको क्षेत्रमा International civil Aviation organization (ICAO) ले तोकेको मापदण्ड बमोजिम सुधार गर्न सफल भई ICAO को पछिल्लो उडान सुरक्षा अडिटको नतिजाले उडान सुरक्षाको स्तर अहिले विश्वक सरदर ६० प्रतिशत रहेकोमा ६६.७ प्रतिशत पुगेको बताउँदै सो उपलब्धि हासिल गरेबापत ICAO Council President Certificate समेत प्रदान भएको अवस्थामा यूरोपियन आकाशमा नेपाली एअरलाइन्सलाई हुँदै आएको प्रतिबन्ध हटाई निर्वाध ढंगले नेपाली एअरलाइन्सको उडान हुनु पर्ने कुरामा जोड दिदै यस सवालमा आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो ।
नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई पूर्ण रुपमा सफल पार्न महामहिम राजदुतहरुको महत्वपूर्ण भूमिकाको अपेक्षा गर्दै आ-आफ्नो देशका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि अनुरोध गरिदिनहुन अपिल गर्नुभयो । भेटका अवसरमा माननीय मन्त्रीज्यूले आगामी दिनमा दुई देशीय सम्बन्ध र सहयोग अझै प्रगाढ हुने अपेक्षा राख्नु भएको छ ।