जिल्ला प्रशासन कार्यालय चितवनले जारी गर्‍यो कर्फ्यु

काठमाण्डौं,भाद्र ९ । आईतबार रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि भइरहेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरवितर बनाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो । रविको रिहाइ नभएको भन्दै सर्वसाधारण भड्किएर उत्तेजित भएपछि प्रहरीलाई पनि भिड थाम्न हम्मे हम्मे भएको भएको थियो ।

रवी हिरासतमै भएदेखि सर्वसाधारणले हरेक दिन चितवनमा नाराजुलुस र प्रदशन गर्दै आएका छन् । रविका समर्थकले ‘रवी दाइ हाय हाय’ ‘रवि कसको जनताको’ ‘हाम्रो देश हाम्रो रवि प्राण भन्दा प्यारो छ’ भन्दै सर्वसाधारणले जुलुस प्रदशन गरेका छन् । त्यस्तै पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज पनि हिरासतमै राखिने भएको छ ।

जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा आइतबार अस्मिता कार्कीको बयान सकिएको छ । लामिछाने र कँडेलसँग सोमबार बयान लिइने भएको छ । लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो । प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।

यसैगरी आजको अवस्था लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवन ले कर्फ्यु आदेश जारी गरेको छ बिहानै ६ बजे देखी अर्को आदेश जारी नभए सम्म देहाएको ४ किल्ला भित्र हुलदङा वा आशान्ती गर्ने उदेश्यले एकै ठाउँँमा ५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश गरिएको छ ।
पुर्व – आन्तरिक राजश्वको कार्यालयको चोकदेखी घरेलु कार्यालयको चोक सम्म ।
पच्चिम – पुर्व पच्चिम लोक मार्ग तर्फको सप्तगण्डकी अस्पातल चोक देखी चौबिस कोटीचोक सम्म ।
उत्तर – बाइपास आन्तरिक राजश्वको कार्यालयको चोक देखी भरतपुर अस्पातल पुरानो मेडिकल कलेज जाने चोक-नारायणी मा बि चोक क्रिषी ज्ञानकेन्द्र हुँँदै पुर्व पच्चिम लोकमार्गको चौबिस कोटी चोक सम्म ।

दक्षिण – बाइपास सडक तर्फको घरेलु कार्यालय को चोकदेखी दुर संचार चोक हुँदै पुर्व पच्चिम लोक मार्ग तर्फको सप्तगण्डकी अस्पातल चोक सम्म ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv