प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ मिडिया सम्बन्धि अन्तराष्ट्रिय संगठनको महासचिव चुनिए
काठमाण्डौ,भाद्र २८ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ मिडिया सम्बन्धि अन्तराष्ट्रिय संगठनको महासचिव चुनिएका छन् । उनी आज सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनवाट महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार विश्व प्रेस काउन्सीलको सम्मेलन भएको थियो । सम्मेलनले श्रेष्ठलाई सर्वसम्मतले महासचिव चुनेको हो । सो कुराको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका हुन् । सामाजिक सञ्जालमा आफुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
शुक्रवार सम्पन्न भएको सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलका प्रतिनिधिहरुको सहभागीता थियो । श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले लेखेका छन्, ुयो ठाउँसम्म पुर्याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी(शुभेच्छुकमा धन्यवाद १ यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो १ सबैमा बधाइ,सबैमा शुभकामना १ु । विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्रा.डा. सुले अकर, उपाध्यक्षमा अजरबैजानका सांसद अफ्लातुन अमासोभ र कोषध्यक्षमा टर्कीका तामेर अताबारुत निर्वाचित भएका छन्।