२३ बर्ष पछी किन आउँदैछन चिनिया राष्ट्रपति ? राजनितिक बिश्लेषक अर्जुन ज्ञवालीले गरे खुलासा (भिडियो सहित)
काठमान्डौ,असोज २४ । २३ बर्ष पछी किन आउँदैछन चिनिया राष्ट्रपति भन्ने बिषयलाई राजनितिक बिश्लेषक अर्जुन ज्ञवालीले खुलासा गरेका छन । बिहीवार नियात्रा टिभी सँगको अन्तर्वाताका क्रममा उनले नेपालमा पश्चिमाहरुको गतीविधी सक्रिय भएको देखेको र ओली सरकार पश्चिमाहरुको आवरण ओढेको हुनाले सी जिङपिङ नेपाल आउनु हुने भएको खुलासा गरेका हुन् ।
चिनिया राष्ट्रपतीको नेपाल भ्रमण हुँदैछ, नेपाल र चिनको भु-भाग जोडींदा पनि दुई देश बिचको राजकिय भ्रमण नहुनु कुट्नितिक सम्बन्ध कस्तो भन्ने प्रमाणित भई सकेको बेलामा ढिलै भएपनी अन्तत: चिनिया राष्ट्रपती नेपाल आउने भएका छन ।
एक प्रश्नको जवाफमा उनले भने – ‘पुर्व सभामुख कृष्ण महरा राजनीतिक भिक्टिम भए , होला उनको सम्बन्ध पहिल्यै थियो तर त्यहाँ भएको गतिविधी भने सुनियोजित नै बुझिन्छ । ‘ उनको आशय थियो ।
यती मात्रै कहाँ होर अब त काठमाण्डौ श्रृगारीएको छ । यो भ्रमणले नेपाललाई के कती फाईदा होला या यो भ्रमणको उदेश्य के छ ? यी नै प्रश्नहरुको जवाफ खोज्ने क्रममा हामीले आज राजनीतिक बिश्लेशक तथा लेखक अर्जुन ज्ञावली सँग गरिएको कुराकानीको अंश आजको प्रस्तुतिमा :-