नेपाल-चीनबीच भएका २० सम्झौता
काठमाण्डौ, असोज २७ । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो ।
- राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन्पिङको विदाइपश्चातको ट्वीटमा ।
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओली, ट्वीटमा
चीन र नेपाल दुई छिमेकी देेशबीच चिनियाँ राष्ट्रपति महामहिम सी जिन्पिङको राजकीय नेपाल भ्रमणको क्रममा २०७६ असोज २६ गते सम्पन्न संन्धि, संझौता र समझदारीका बुँदाहरू:
१. सीमा व्यवस्थापन प्रणालीबारेमा समझदारी ।
२. सुशासन सहयोगमा क्षमता अभिबृद्धि सम्बन्धी सहयोगको आदानप्रदानमा समझदारी ।
३. आपराधिक मामिलामा आपसी कानुनी सहयोग सम्बन्धी सन्धि ।
४. सगरमाथा-चोमोलोङ्गमा संरक्षण सहयोगमा समझादारी ।
५.लगानी सहयोग र सहयोग परियोजना प्रवद्र्धन सम्बन्धी क्षमता अभिबृद्धिका लागि योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच सहयोग ।
६.चेङ्गदुमा नेपालको वाणिज्य दूतावास खोल्ने सम्बन्धी पत्रको आदानप्रदान ।
७. भौतिक पूर्वाधार मन्त्रालय र यातायात चीनको यातायात मन्त्रालयबीच नेपाल र चीनबीच सीमापार रेलवेको फिजिबिलिटी स्टडीको बारेमा समझदारी ।
८. नेपालको काठमाडौं महानगरपालिका र चीनको नानजिङ सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति ।
९. बुटवट उपमहानगरपालिका र सियान सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति ।
१०. नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधीमा सहकार्य समझदारी ।
११. नेपालको गृहमन्त्रालय र चीनको विपद व्यवस्थापन मन्त्रालयबीच प्रकोप जोखिम न्यूनीकरण र आपतकालीन उद्धारका विषयमा सहकार्य गर्ने समझदारी ।
१२. नेपालस्थित महान्यायाधीवक्ताको कार्यालय र जनताको सर्वोच्च अदातलबीच सहकार्य गर्ने समझदारी ।
१३. नेपालस्थित त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्यूट हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गर्ने सहमति ।
१४. नेपालको कृषि मन्त्रालय र चीनको सामान्य प्रशासनअन्तर्गतको कर कार्यालयबीच साइट्र फलहरु निर्यात गर्ने ।
१५. नेपालको उद्योग, वाणिज्य र आपुर्ती मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारका विषयमा संयुक्त कार्यदल स्थापना गर्ने समझदारी ।
१६. चीनको सहयोगमा भूकम्प निगरानी नेटवर्क प्रोजेक्ट स्वीकार गर्ने ।
१७. नेपालको अर्थमन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठन गर्ने समझदारी ।
१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य नियोगबीच सुरुङ निमार्णमा सहकार्य गर्ने समझदारी
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका विषयमा पत्र आदानप्रदान गर्ने र
२०. काठमाडौं उपत्यकामा चीनको सहयोगमा पानी आपुर्ती सुधार प्रोजेक्टको फिजीबिलिटी अध्ययनका लागि बैठकको माइन्युट ।