गीत बिवादमा परेका थापाले मैले गल्ती गरे भन्दै मागे मिडियामा माफि (भिडियोसहित )
काठमाडौं , कत्तिक ७ ।। मोडल तथा गायक दुर्गेश थापाले आफुले गल्ती गरेको भन्दै मिडियामा माफी मागेका छन् ।
साथै दुर्गेशले आउँदो दिनमा सामाजिक, सांस्कृतिक सद्भाव खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रसारण नगर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण उनी विवादमा तानिएका थिए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो । महाशाखामा दुर्गेशले आफूले निकालेको गीतमा अञ्जानबस नशालु पदार्थ गाँजा खान प्रोत्साहन गर्ने शब्द परेको भन्दै माफि मागेका थिए र पछि रिहा गरिएको थियो ।
उनले सामाजिक सद्भाव र सांस्कृतिक विचलन ल्याउन गीतले सहयोग गरेको भन्ने सरोकारवालाको चासो र चिन्तालाई मनन गर्दै गीत युट्युबबाट हटाएका थिए ।युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो ।
तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए ।
उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आलोचनासमेत भएको थियो ।
प्रहरीले दुर्गेशलाई बालाजुबाट नियन्त्रणमा लिएर महाशाखाको ल्याइएको थियो । तिजका बेला सार्वजनिक गरेको गीत बिच्च बिचमा बाट उनी चर्चामा आएका हुन्।
यसैबिच थापाले उक्त गीत युट्युबबाट हटाएर फेरि सच्यार अपलोड गरेको र त्यसमा राम्रो प्रतिक्रीया आएको बताएका छन ।साथै उनले प्रहरीले आफुलाई पक्राउ नगरिएको र आफै प्रहरी समक्ष गएको दाबि समेत गरे ।
उनले अगामी दिनमा झनै राम्रा र समाजमा पच्ने खालका गीत दर्शक माझ लिएर आउने बताए । साथै उनले बहुला गीतबाट मोडलको अवार्ड समेत हात पारेका छन् ।