प्रधानमन्त्री के पी शर्मा ओली अपरेशनका लागि त्रिबी शिक्षण अस्पातल भर्ना
काठमाण्डौं,मङ्सीर १० । मृगौलाले स्वास्थ्य रुपमा काम गर्न नसकेको कारण डायलसिसमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी अर्को रोग देखिएपछि तत्काल शल्यकृया गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीलाई अहिले शल्यक्रियाको तयारी गरिएको छ। एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो। यो रोगमा तत्काल शल्यकृया गर्नुपर्ने हुन्छ । नियमित स्वास्थ्य परिक्षणका क्रममा ओलीलाई यस्तो समस्या देखिएको हो । ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो गएका थिए । त्यहाँ चिकित्सकले उनलाई रोगवारे जानकारी दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न सल्लाह दिइएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा अरुण सायमीले जानकारी दिएका छन् । चिकित्सकका अनुसार ओलीले शल्यकृया गर्न लागिएको छ ।
उनका अनुसार प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ। यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो।