आज भ्रमण बर्ष २०२० को पहिलो दिन यसरी मनाइंदै
काठमाडौ, पौष १६ । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०२० शुरु भएको छ ।
भ्रमण वर्षको औपचारिक उद्घाटन अगाडि काठमाडौंमा र्याली आयोजना गरिने भएको छ ।
भ्रमण वर्ष २०२० को उद्घाटन अगाडि निस्किने र्याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको ट्राफिक प्रहरी कार्यालयहरुले जानकारी दिएका छन् । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।