राजाले दर्शन गर्न नहुने कथन रहेको अदभुत बुढानिलकण्ठ मन्दिर

काठमान्डौं,माघ ५ । बुढानिलकण्ठ मन्दिरको उत्पती सम्बन्धमा बिभीन्न किम्बदन्तीहरु रहेपनी उक्त किम्बदन्तीहरुलाई प्रमाणित गर्ने हालसम्म कुनै ठोस र आधीकारीक प्रमाण छैन। फेला परेको प्रमाणहरुको पनी उचीत ढंगले अन्बेषण अनुसंधान हुंन सकेको छैन । आसा गरौ भबिस्यमा गरीने सम्बन्धित निकायको अन्बेषण,अनुसंधानले बुढानिलकण्ठको उत्पतीको बारे रहस्य खुल्नेछ नै छ। सदीयौ देखी जल कुण्डमा बिराजमान रहेको बुढानिलकण्ठको ऐतिहांसिक, पुरातत्वीक धार्मिक, सांस्कृतिक एंबम पर्यटकीय बिषेस महत्व छदैछ हिन्दु र बौद्ध मार्गीहरुको बिषेस तिर्थे स्थलको रुपमा समेत चिर परीचीत रहदै आएको छ ।


बुढानिलकण्ठ मन्दिरको नाम किन बुढानिलकण्ठ रहन गयो जनमानसमा कौतुहल्ता त छदैछ त्यो संग संगै बुढानिलकण्ठको प्रस्तर मुर्तिमा रहेको र देखिने अद्भुभुत कला र संरचनाले झन कौतुहल्ता थपेको छ। २२ फिट ११ ईन्च लम्बाइ, १२फिट १/२ इन्च चौडाई र ६ फिट गोलाई रहेको बिसाल र अद्भुभुत बुढानिलकण्ठको मुर्ति एउटै प्रस्थरमा रही जल कुण्डमा बिराजमान रहेको छ।जल कुण्डमा बिराजमान बिसाल प्रस्थर मुर्ति शिर, बिच र पांउ तर्फ रहेको तिन वटा सामान्य प्रस्थरकै चुकुलमा अडिएको छ जुन प्राबिधीक हिसाबले अद्भुभुत रहेको छ। उक्त प्रश्तर मुर्तिको संरचना मात्र अद्भुभुत होईन स्वरुप पनी अद्भुभुत रहेको छ। उक्त अद्भुभुत प्रस्तर मुर्तिमा भगबान राम, कृष्ण, शिब, बिष्णु र बुद्ध गरी ५ वटा भगबानको स्वरुप झल्किन्छ। शिरमा रहेको लामो श्री ऊरधॅ चन्दनको टिकाको स्वरुपले भगवान राम, दुई पांउ एक आपसमा कैची पारेको स्वरुप ले भगवान कुष्ण, बाहुमा नागको गहना, गलामा रुद्राक्ष माला र दांया हातमा बिभुतीको गोलाको स्वरुपले भगवान शिब, शेष सैयामा सयन भई तिन हातमा क्रमस शंख, चक्र, गधाको स्वरुपले भगवान बिष्णु र शिरको मुकुट, कानको बनावट स्वरुपले भगवान बुद्धको आकृति झल्किन्छ। प्राविधिक रुपले पत्याउनै कठीन संरचनामा बिराजमान रहेको बिसाल बहु स्वरुप र सबै सम्प्रदायको प्रतिनिधित्व गर्ने बुढानिलकण्ठ मन्दिरको हिजो राजाले र आज राष्ट्रपतिले दर्शन गर्न नहुने प्रचलन यथाबतनै कायम रहेको छ।

आफुले दर्शन गर्न नहुने धार्मिक एंबम सांस्कृतिक प्रचलन रहेता पनी ऐतिहासिक, पुरातत्वीक, धार्मिक, सांस्कृतिक एंबम पर्यटकीय महत्व बोकेको बुढानिलकण्ठ मन्दिरको संरक्षण र संवर्द्धनको लागी स्वर्गीय राजा बिरेन्द्रले बिषेस चासो लिई २०४२ सालमा मन्दीर वरपरको ४८ रोपनी ११ आना २ पैसा २ दाम र १५ वटा घर अधीकरण गर्न निर्देशन दिय बमोजीम अधीकरणको लागी सुचना प्रकासीत भई अधीकरणको लागी तत्कालीन बागमती अञ्चलाधीशको कार्यालय मार्फत रु २०,२०,५५६/- निकासा भई अधीकरणको लागी सुचना प्रकासीत भयको घर जग्गा मध्य ७ रोपनी ११ आना २ पैसा २ दाम र १५ वटा घरको मुआब्जा बितरण गरीएकोमा पचांयतको अबसान संगै बहुदलको आगमन पस्चात मन्दीरको बिकास र बिस्तारको पाईला अवरुद्ध भएकोमा आज ३४ वर्ष पछी पनी बिकास र बिस्तारको लागी पर्खी रहेको छ । लेखक ठकुरी सहयोग सन्जालका सल्लाहकार तथा अधिवक्ता हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv