कहिले काँही जिस्काउनेहरु आउँछन – हँसीली उखुवालीको कथा (भिडियो )
किताब कापी बोकेर शिक्षाको ज्योति छर्ने बेलाका यी ककिला हातहरु यती बेला रसिला र गुलिया उखुका डाँठहारु टुक्याउँदैछन । लामो र छोटो दुरीका यात्रु ग्राहकहरुको मन गुलियो पार्दै आफ्नै ब्यवसायमा मक्ख छिन ।
हो उमेरले १८ नकाटे पनि घर परिवारको दुस्खसुखमा मलहम लगाउन धादिङको यो सडक किनारमा उनले थापेको उखु पसलबाट घर धानेको हामीलाई बताइन । कर्मठ र मेहनती यी बहिनीको नाम हो सुस्मिता कुँवर । गाउँकै क्याम्पसको कक्षा ११ मा अध्ययनरत सुस्मिता को दैनिकी कस्तो छ त भनी सोध्दा हामीलाई भनिन– “दैनिक २ देखी ३ हजार कमाउँछु । आफुलाई पढ्ने र घर खर्च जुटाउँछु । खुशी छु । बिहान कालेज जान्छु र दिउँसो उखु बेच्न बस्छु । ”
उनको यो हँसीलो मुस्कानबाट प्रस्ट देखिन्थ्यो आफ्नै देशमा स्वरोजगार भइ काम गरेकोमा खुशी छु भन्ने कुरा ।
हामीले दैनिक हजारौं महिला रोजगारीका लागि बिदेशीनु परेको दुःखद खबर सुन्नु परेको हुन्छ । स्वदेशमा पसीना बगाउन सके महिनामै मनग्य आम्दानी हुन्छ भन्ने उदाहरण हुन सुस्मीता ।
आउनुहोस् यीनले गरेको कामको योे भिडियालाई सम्मान स्वरुप संसारभर पुर्याउँ । :-