महिला नेत्रुत्वको अवस्था र भावी रणनिती” बिषयक २ दिने प्रशिक्षण शिविर शुरु
काठमाण्डौ ,१९ साउन । ३३ प्रतिशत महिलालाई अधिकार दिए पनि महिलाका समस्या ज्युँ का त्यु भन्दै समाजसेवी तथा राजनीतिक दल सँग आबद्ध महिलाहरु एकजुट भएका छन ।
आज राजधानिमा शुरु भएको “राजनितिक दल भित्र:महिला नेत्रुत्वको अवस्था र भावी रणनिती” बिषयक २ दिने प्रशिक्षण शिविरको उदघाटनका क्रममा उक्त कुरा बताए ।
राजनितिक दल सँग आवद्ध महिलाहरुको प्रक्षिण कार्यशालालाई प्रमुख अतिथी पुर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले उद्घाटन गर्नु भयो । शुभकामना मन्तब्य दिदै उनले भने ” यो कार्यक्रम आँफैमा एउटा महत्वपूर्ण कार्यक्रम हो अन्तरिम संबिधान पस्चात नयाँ संबिधान आई सकेपछी समाबेशी लोकतन्त्र नेपालको राजनैतीक ब्यवस्थामा प्रबेश गरेको छ । अहिले आएको संबिधानले महिलाहरुलाई तल देखी माथि सम्म ३३ प्रतिशत महिला निर्णयक स्तर सम्म पुग्ने ब्यवस्था गरेको छ । स्थानिय तहमा ४० प्रतिशत महिला देखिन्छन प्रदेश सभा र केन्द्र सभामा ३३ प्रतिशत महिला पुर्याउनु पर्ने ब्यवस्था छ ।” भन्दै उनले थपे “गणतन्त्र आई सकेपछी एक पटक एकै ताका राष्ट्रपती,प्रधानन्यायाधिस र सभामुख महिला मात्रै हुनुहुन्थ्यो । तर राज्यको शक्ती प्रयोग गर्ने ठाउँमा,नितीनिर्माण गर्ने ठाउँमा यसलाई संरक्षण गर्ने ठाउँमा महिलाहरु पुगेका छन, के त्यतिले मात्र महिलाहरुको जागरण प्राप्त भयो त ? ” भन्दै प्रश्न औंल्याउनु भयो ।
कार्यक्रमको सभापतित्व ‘महिला उत्थान केन्द्र’कि अध्यक्ष लीला नेपालले ले गरेकी थीइन । नेता सिटौलालाई पार्टीमा देखिएको बिक्रिती हटाई समाधान गर्न र दल भित्र महिला अधिकार सुनिस्चित गर्न आग्रह गरिन । साथै उक्त कार्यक्रममा सहभागी सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गरिन ।
२ दिन सम्म चल्ने उक्त प्रक्षिण महिला उत्थान केन्द्र ले आयोजना गरेको हो । ३ नं प्रदेशका करिब १०० जना महिलाहरुको सहभागीता रहेको छ ।