नेपालीले “भ्यालेन्टाइन डे उर्फ प्रेम दिबस ” कहिले मनाउने ?

काठ्माण्डौं फागुन २ । सन्दर्भ “भ्यालेन्टाइन डे उर्फ प्रेम दिबस ” नेपालमा आधिकारिक रुपमा मनाइने अन्तरराष्ट्रिय र राष्ट्रिय दिबसहरुको सुचिमा बिगत केहि बर्षहरु पहिले एउटा दिबस थपिएको छ , त्यो हो “भ्यालेन्टाइन डे अर्थात् प्रेम दिबस ”। कहिले, कसरी यो दिबस नेपालमा भित्रियो त्यस बारेमा अलग नै चर्चा गर्नु सान्दर्भिक हुन्छ । यो दिबसले नेपालमा ब्यापक रुपमा मानिदै गर्दा मेरो मस्तिस्कमा बारम्बार एउटा प्रस्न आइरहन्थ्यो । के नेपालमा यो दिबस भित्रिनु पहिले प्रेम भन्ने भावना नै थिएन नेपालीहरुमा ? प्रेम नै गर्ने थिएनन् नेपालीहरुले ? यहि प्रस्नमा घोत्लिदा संसारभर विख्यात भएका प्रेमको अनुपम कथाहरु स्मरण हुन् थाल्यो । मैले पढेका मधुमालती, मुना मदनका कथाका पात्रहरुमा मैले प्रेमको परिभाषा खोज्न थाले । ति कथाका पात्रहरुको प्रेम अनुकरणीय थिए । तर म त्यस्तो पात्रहरुको खोजीमा थिए जसको प्रेम ति बिस्व विख्यात भनिएका पात्रहरु भन्दा कम नहोस । समयको पर्खाइ संगै त्यस्तो पात्रको बारेमा केहि बर्ष पहिले बिभिन्न पत्रपत्रिका मार्फत मिथको रुपमा पढन पाइयो । पत्याउन नै नसकिने त्यो मिथ हो – राजा सलहेश र प्रेमीका मालिनीको प्रेमगाथाको प्रतिक सलहेश फूल ।

नेपालको पूर्बी क्षेत्र लाहानदेखि चार किलोमिटर पश्चिममा रहेको करीब १० विगाहाको प्राचीन फूलबारी छ । राजा सलहेश र उहाँकी प्रेमीका मालिनीको प्रेमगाथाको रुपमा त्यहाँको दुईवटा हारम प्रजातीको रुखमा प्रत्येक वर्षको वैशाख १ गते माला आकारको सेतो फूल फुल्छ । नयाँ वर्षको आगमनसँगै सलहेश फूलबारीमा प्रेमको प्रतिक फूल हेर्न हजारौंको मानिसहरु आउने गर्दछन । प्राचिन मिथिला राज्यमा राजा जनक पछिका चर्चित राजा हुन् सलहेस ।

उनको वास्तविक नाम जयवर्धन सैलेश थियो । मिथिलाका लोकप्रिय राजा सहलेश पाँचौ/छैठौ शताब्दीतिर आफ्नो प्रेम, शौर्य, न्याय र नेतृत्व सबै गुणमा पराक्रम र चमत्कारीक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । राजा सलहेश प्रत्येक दिनआफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी आफ्मो रानीको लागि बनाइएको फुलबारीमा आफ्ना साथीहरुसँग कुस्ती लडेपछि प्रेमीका मालिनीसँग वनविहार गर्दथे भन्ने लोकोक्ति पाइन्छ । उनको नाममा राखिएको सलहेश फूलबारीमा राजा सलहेश फूल टिप्ने जान्थे साथै सो फुलबारीमा फुलेका फुलहरुले राजा सलहेसलाई उनकी रानी कुशमा मालिनीले हरेक दिन त्यहाँ फुलको माला अर्पण गर्थिन भन्ने जन विश्वास रहेको छ । त्यही प्रेमको प्रतिकका रुपमा आज पनि त्यहाँ फुल फुल्ने गरेको विश्वास गरिन्छ । त्यही प्रेमको प्रतिकका रुपमा आज पनि प्रत्येक बैशाख १ गते त्यहाँ फूल फूल्द्छ र बेलुकासम्म यो फूल आफै ओइलाउँदै जान्छ ।

प्रेमको प्रतिक राजा सलहेस र रानी मालिनीको यो प्रेम कथालाई ब्यापक प्रचार प्रसार गरि फूल फुल्ने दिन अर्थात् बैशाख १ गते लाइ प्रेम दिबसको रुपमा मनाउन नया युबा पिढीलाइ प्रोत्साहित गरिनु पर्दछ । कृत्रिम फुलमा अत्तर छर्केर प्रेम प्रस्ताव राख्दै फेब्रुअरी १४ मा प्रेम दिवस हैन राजा सलहेस र कुशमा मालिनीको जिबन्त प्रेमको प्रतिक सलहेश फूल फुल्ने दिन बैशाख १ लाइ प्रेम दिबस मनाउने अभियान थालनी गरौ । नेपाली संस्कृतिमा रमाऔ, नेपाली पनलाइ जगेर्ना गरौ।

नेपालीहरुले सेन्ट भ्यालेन्टाइनले शहादत प्राप्त गरेको दिनलाई प्रेम दिबस मनाउन उपयुक्त होला ? चुरो कुरो नबुझी कन भोलि फागुन २ अर्थात १४ फेब्रुअरीलाई प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउनु पूर्ब भ्यालेन्टाइन डे को इतिहास बारेमा बुझ्यौ । सदियौ बर्ष पहिले देखि नै युरोपका मानिसहरु विवाहलाइ बन्धन मानी बिबाह नै नगरी संगै बस्दथे ।

पशुतुल्य छाडा यौन क्रियाकलापमा रमाउने अमेरीका, युरोपतिरमा त्यस्ता मानिस बिरलै पाइन्छन जसको एक मात्र महिला अथवा पुरुष सँग प्रेम सम्बन्ध रहेको हुन्छ । नैतिक मूल्य मान्यता सिकाउने धर्मका नाममा चर्चका पादरीहरु स्वेच्छाचारी थिए । उनीहरु नारीको निर्माण नै पुरुषको मनोरञ्जन र उपभोगका निम्ति भएको हो भन्ने मान्यता राख्दथे । पादरीहरुलाई एक या एक भन्दा बढी बेश्या र रखौटी राख्नु अनिवार्य थियो । चर्चले आफ्ना पादरीहरुको निम्ति वेश्यालय समेत खुलाई वेश्यालयको व्यवस्थापनको निम्ति पादरी आफ्ना अनुयायीहरु सँग ‘वेश्याकर’ असुल उपर गर्दथे । त्यहाँ महिलाहरुलाई मात्र एक उपभोग्य बस्तु मान्ने चलन थियो र धर्मका नाममा महिलाको यौन शोषन र अत्याचार गर्ने चलन थियो । यस्तो समयमा भ्यालेन्टाइनले यस्तो पशुतुल्य व्यवहार र रहनसहनको व्यवस्थाको विरुद्ध आवाज उठाए ।

उनले समाजमा व्याप्त त्यस्तो विकृत चलनको कडा आलोचना गरे । उनले कुकुर जस्तै शारीरिक सम्बन्ध बनाउने चलन बन्द गर्न रोमको घर घर घुमेर मानिसहरुलाई सम्झाउदै, यस्तो कुराहरुको बिरुद्धमा प्रचार प्रसार गर्न थाले । सबैलाई प्रोत्साहित गर्न थाले, एक पुरुष वा एक स्त्रीसँग विवाह गर, उसैसँग सम्बन्ध राख र आफ्नो जीवनलाई संयमित बनाऊ भनि अभियान नै चलाए । उनी चर्चको पादरी बने पछि आफ्नोे सिद्धान्त मान्ने हजारौं जोडीहरुको विवाह गराए । जब उनी प्रसिद्ध हुन थाले, तब उनका अनुयायीहरुले सोध्न थाले, यस्ता विचार तपाईंको मनमा कसरी आए ? यस्ता कुरा त हाम्रो धर्म संस्कृति भन्दा सर्वथा भिन्न छन् । तब भ्यालेन्टाइनले बडा श्रद्धापूर्वक जवाफ दिन थाले, हिजोआज म हिन्दु धर्म र संस्कृतिको अध्ययन गरिरहेको छुँ र मेरो दृढ मान्यता छ कि सनातन हिन्दु धर्म र संस्कृति नै पूर्ण छ । जब भ्यालेन्टाइनको चर्चा तत्कालिन रोमका राजा क्लोडियस सम्म पुग्यो तब उनी भ्यालेन्टाइनदेखि निकै रिसाए । उनले भने, भ्यालेन्टाइनले युरोप को पुरानो परम्परामा बिगार्दै छन् ।

हामी बिहे नगरी मौजमस्तिका साथ बस्न मन पराउने मान्छे हौं । यस्ले बिहेको प्रचलन गराएर हाम्रो समाजमा अपसंस्कृति फैलाई राखेका छन्, यो घोर अपराध हो । तब भ्यालेन्टाइनलाई राज्यका सैनिकले समातेर बन्दि बनाइए । ई. सं. ४९८ फरबरी महिनाको १४ तारिख को दिन सार्वजनीकरुपले उनलाई फासी दिइयो । भ्यालेन्टाइनमाथी सब भन्दा ठूलो आरोप नै केटा केटीका बिच विवाह गराएकामा थियो जुन कि कृिश्चयन परम्परा विरुद्ध थियो । युरोपको एउटा ठूलो वर्ग भ्यालेन्टाइनद्वारा दिएको हिन्दु सिद्धान्तका कुराहरुबाट प्रभावित थियो । अतः विवाह पद्धतीलाई प्रोत्साहन दिने उद्देश्यले उनका अनुयायीद्वारा उनको सम्झनामा हरेक वर्ष १४ फरबरीमा ‘भ्यालेन्टाइन डे’ मानाउन थालियोे । पछिल्ला केही वर्ष विद्युतीय सञ्चार माध्यमहरुको विकाससँगै यो पश्चिमी पर्वले हाम्रो समाजमा पनि आफ्नो स्थान बनाउन थाल्योे । खास गरेर स्कूल कालेजका युवा युवती बीच ‘प्रेम दिवस’ को रुपमा भ्यालेन्टाइन डे धुमधामसँग मनाइन्छ । केटाकेटीहरु कुरा नबुझिकनै एकअर्कालाई फूल–कार्ड उपहार दिन्छन् । भ्यालेन्टाइन कार्डमा अंग्रेजीमा लेखेको हुन्छ, ‘उड यु बी माई भ्यालेन्टाइन’ ।

यसकोे मूल अर्थ हो, के तपाईं म सँग बिहे गर्नु हुन्छ ? तर युवाहरु त्यो कुरा न बुझि आफ्ना प्रेमी वा प्रेमीकालाई प्रेम प्रस्तावका रुपमा त्यहि कार्ड दिन्छन् । हाम्रै संस्कृतिबाट प्रभावित भएर सुधारात्म कदमका रुपमा युरोपेली समाजमा मनाइने भ्यालेन्टाइन डेलाई यति महत्व दिनुको कुनै औचित्य छैन । युरोपमा साधारणतया विवाह गर्ने संस्कार छैन । त्यसैले लिव इन रिलेशनशिपको सट्टा विवाहलाई प्रोत्साहन दिनका लागि भ्यालेन्टाइन डे मनाइदै आएको छ । तर हाम्रो सनातन हिन्दु संस्कृतिमा परम्परादेखि नै विवाहगर्ने पद्धति छ ।

आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने विदेशी अर्थात पाश्चात्य प्रभावलाई अँगाल्दै जाने प्रवृत्तिको विकास हुँदै जानु राम्रो होइन,नेपालको आफ्नै मौलिक परम्परा र संस्कृतिलाई छोड्दै जाने, विदेशीको संस्कृति पनि बुझ्दै नबुझी अँगाल्दै जाने गलत प्रचलनलाइ अगाल्नु किमार्थ हुदैन । लेखक परिवेस मल्ल, ठकुरी सहयोग संजालका बरिष्ठ सल्लाहकार हुन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv