राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाह को गुरु गोरख नाथ सँगको सम्बन्ध के छ ?
काठमाण्डौं,फागुन ५ । राष्ट्र निर्माता बडामहाराज धिराज पृथ्वीनारायण शाहदेव को वंश चन्द्र , गोत्र भारद्वाज र कुल देवता आलमदेवी थियो । गोर्खा दरबारकै प्राङ्गणमा रहेको गुफामा बस्ने गुरु गोरखनाथ सँग बडामहाराज धिराज पृथ्वीनारायण शाहको जन्म पूर्व देखी सम्बन्ध रहेको देखिन्छ।
गुरु गोरखनाथ एक सिद्ध गुरु मात्र होईन भगवान महादेवको चेला मच्छिन्द्रनाथको चेला थिए । गुरु गोरखनाथ उपत्यकामा आउँदा उपत्यकाको राजाहरुले सम्मान नगरी बेवास्ता गरेको कारण गुरु गोरखनाथले आफ्नो तन्त्र विध्या प्रयोग गरी उपत्यकामा वर्षा हुन रोकी गोर्खा तर्फ गएका थिए । गुरु गोरखनाथको कारण उपत्यकामा वर्षा नभई अनीकाल पर्न थाले पस्चात उपत्यकाको राजाले वर्षाको लागी मच्छिन्द्रनाथलाई उपत्यकामा आउन आमन्त्रण गरेको कारण मच्छिन्द्रनाथ उपत्यकामा आएका थिए । गुरु मच्छिन्द्रनाथलाई भेट्न गोरखनाथ गोर्खाबाट उपत्यकामा आए पस्चात मच्छिन्द्रनाथले आफ्नो चेला गोरखनाथलाई दर्शन दिदै उपत्यकामा वर्षा गर्न आदेश दिएका थिए ।
गोरखनाथले आफनो गुरु मच्छिन्द्रनाथको आदेश पालना गरी उपत्यकामा वर्षा गराएकोले त्यही समय देखी मच्छिन्द्रनाथलाई उपत्यकामा पानी पार्ने देवताको रुपमा पुज्न थालेको र हाल सम्म पनी उपत्यकावासीले उपत्यकामा मच्छिन्द्रनाथलाई पानी पार्ने देवताको रुपमा पुजा गर्दै आएको छ ।
गुरु गोरखनाथको शक्ति सँग परिचित गोर्खा दरबारले आफ्नो प्राङ्गणमा रहेको गुफामा गुरु गोरखनाथको सम्मान पूर्वक बस्ने ब्यबस्था गरेको कारण गुरु गोरखनाथ गोर्खा दरबार सँग प्रसन्न रहेका थिए । गुरु गोरखनाथ गोर्खा दरबारमा रहदा बस्दा गोर्खाको उपल्लो कोटमा रहेको वज्र भैरवनाथलाई राजाको रुपमा अवतार लिन अनुनय गरेका थिए जस्को कारण भगवान वज्र भैरव तत्कालीन महारानी कौशल्यावतीको गर्भबाट बडामहाराज धिराज पृथ्वीनारायण शाहको रुपमा जन्म लिएका थिए ।
बडामहाराजधिराज पृथ्वीनारायण शाहको बाल्यकाल पनी गुरु गोरखनाथको समिपमा भएको थियो। एक दिन गुरु गोरखनाथले बडामाहाराज धिराज पृथ्वीनारायण शाह लाई घरबाट दही लेराउन आदेश दिने । बडामाहाराज पृथ्वीनारायण शाह ले सो कुरा आफ्नो माता कौशल्यावतीलाई भने । महारानी कौशल्यावती गुरु गोरखनाथको शक्ति सँग चिर परिचित रहेको हुँदा रानी कौशल्यावतीले नाबालक पृथ्वीनारायण शाह लाई गुरुले जे भने पनी मान्नु भनी दही दिए र पठाएका थिए। बडामाहाराज धिराज पृथ्वीनारायण शाह दही लिएर गुरु गोरखनाथको समीप जांदा गुरु गोरखनाथले दही आफ्नो मुखमा हाली बडामाहाराज धिराज पृथ्वीनारायण शाह लाई दुवै हात थाप्न लगाई अंजुलीमा ओकली दी खान आदेश दिए तर नाबालक पृथ्वीनारायण शाह ले उक्त दही नखाई फाल्दा पृथ्वीनारायण शाह को खुट्टामा पर्न गयो।
दही खुट्टामा परे पस्चात गुरु गोरखनाथले बडामाहाराज धिराज पृथ्वीनारायण शाह लाई तिमीले यो दही मैले भने बमोजीम खाएको भए तिमीले शन्सार बिजय गर्थेउ तर पनी तिमी जुन भुमिमा पाईला टेक्छौ त्यो भुमीमा तिम्रो बिजय हुनेछ भनी आशिरबाद दिए। गुरु गोरखनाथको त्यही आशिरबादको कारण बडामाहाराज धिराज पू पृथ्वीनारायण शाह नेपाल एकिकरण गर्न सफल भए ।
आज पनी गोर्खाको उपल्लो कोटमा भगवान बज्र भैरव नाथको मूर्ती रहनु , गोर्खा दरबारकै आडमा गुरु गोरखनाथको गुफा हुनु , नेपाल एकीकरणको क्रममा निर्माण भएको सबै दरबार गढी पौवाहरुमा आज पनी भैरबको मूर्ती रहुनु संयोग मात्र नभई यथार्त हो। नेपालको नामनै ने भन्ने ऋषिको नामबाट रहन गएको हामी पाउंछौ भने सनातन बैदीक काल देखीनै हाल सम्म नेपाल ऋषि मुनीहरुको पवित्र तपो भुमी रहदै आएको छ। नेपालको उत्पती एवमं एकिकरण सनातन बैदीक काल संग प्रत्यक्ष जोडिएको अबस्थामा मुल जरालाई नै खलबलाउने गरी सनातन बैदीक परम्परा रिती रिबाज हिन्दु धर्म संस्कृतिलाई नास्ने मास्ने खेलले अन्तत देशको अस्तित्व समाप्त पार्ने प्रवल सम्भाबना रहन्छ । (लेखक किरण शाह , ठकुरी सहयोग संजालका बरिष्ठ सल्लाहकार हुन । )