प्रतिभाशाली नवगायक आशिष पोख्रेलको नयाँ गीत सार्वजनिक

काठमाण्डौं,फागुन ६ । अमेरिकामा बसेर नेपाली गीत संगीतमा क्रियाशील प्रतिभाशाली नवगायक आशिष पोख्रेलले आफ्नो पहिलो अफ़िसिएल म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन ।

‘के गरौ भन’ लोक आधुनिक शैलीको गीत हो । गीतमा स्वर आशिष पोख्रेलको छ भने , शब्द र संगीत उमेश राज खड्काको रहेको छ । उमेश राज खड्का गायक पोख्रेलका सांगेतिक गुरु समेत हुन् । यो गीतलाई बिक्रम कार्कीलेसंगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा आर्जु बैजु , आशिष पोख्रेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ । गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन् । म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ । शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो । भिडियो गायक पोख्रेलको अफ़िसिएल य़ुट्युव च्यानल मार्फत सावजनिक गरिएको छ ।

यसघि गायक पोख्रेलले ‘म गुनगुनाउछु’ र ‘सायद यसरी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिसकेका छन । लोक आधुनिक , पप र रक गीत गाउन सक्ने पोख्रेल गायक संग संगै, गीतकार र संगीतकार समेत हुन् । उनको शब्द, संगीत र स्वरमा रहेको फरक खालको गीत ‘३६ घण्टा’ रिलिजको तयारीमा छ । ‘के गरौ भन’ गीत बाट दर्शक, स्रोता र मिडिया हाउसको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक पोख्रेलले राखेका छन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv