स्याङ्जामा भेटिए दमदार आवाजका धनी ‘प्रकाश बस्याल’ (भिडियो अन्तर्वाता )
स्याङ्जा, फागुन ६ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं ५ स्याल्बास निवासी प्रकाश बस्यालको आवाज जो कोहीले सुन्छ उस्लाई लाग्छ पक्कै पनि अनुभवी र ब्यावसायिक गायक हो । तर त्यसो नभै उनी गाउँघरकै मेला पात जाँदा गाउने गायक हुन । यती मिठो आवाज भएर पनि ओझेलमा परेका प्रतिभावान प्रकाश अवसर पाए आफ्नो स्वर विश्व माझ चिनाउन चाहन्छन ।
सानै उमेर देखी पुरुषोत्तम न्यौपानेका गीतहरु सुनेर गाउने गरेको बताउँछन । समय र भाग्यले साथ दिए गायक बन्ने धोको छ भन्छन । नियात्रा टिभीका पत्रकार रतन चन्द सँगको छोटो अन्तर्वातामा उनले पुरुषोत्तम न्यौपाने र चर्चित लोक गायक राम जी खाण का गीत गाएर सुनाए । हेर्नुहोस् भिडियो :-