फागुन ७ र राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाह को महत्व – किरण शाह (बिचार)

काठमाण्डौं,फागुन ७ । आज फागुन ७ बडामाहाराज धिराज पुथ्बीनारायण शाहले बिक्रम सम्बत १८०१ मा शुरु गरेको नेपाल एकीकरण अभियानले बिक्रम संबत १८७४ मा सुगौली सन्धी पस्चात बिसराम लियो। शाहबंस बाट नेपाल एकीकरणको अभियान पुरा हुन नपाउदै दरबारमा भाई भारदारहरु बिच शक्ति संघर्षको लागी चलेको अस्वस्थ प्रतिस्पर्धाले बिर योद्धाहरुको षडयन्त्र पूर्वक हत्याको श्रूंखला सुरु भयो। गगन सिंहको हत्या पछी जंग बहादुर कुँवरले बिक्रम संबत १९०३/६/२ को घटायको कोतपर्वमा परी नेपाल एकिकरणमा योगदान पूर्याउने बस्न्यात, पाण्डे, थापा, चोतरिया, बिष्ट लगायतका भाइ भारदारहरू को ठुलो नर संहार गरी जहानीया राणा शासनको उदय गराए।
जंगबहादुरले आफूलेआफुलाई स्वतः स्फूरत प्रधानमन्त्री घोषणा गरे अनी कोतपर्व बाट बचे खुचेका भाई भारदारहरुलाई बिक्रम सम्बत १९०३/७/१२ गतेको भण्डार खाल पर्वमा पुन नरसंहार गरी शाहबंसलाई शक्ति हिन बनाई राजा भन्दा शक्तिशाली बने। जहानिया राणा शासनले नेपालको निर्माता बडामाहाराज धिराज पूथ्बी नारायण शाहको दिब्य उपदेशको प्रतिकुल गरेको मात्र होइन नेपाली जनता माथी असिमीत अन्याय र अत्याचार गर्यो।


जहानीया राणा शासनको बिरुद्धमा राजा र जन्ताबाट आबाज उठ्न थाले पछी ति आबाजहरुलाई निर्ममता पूर्वक बन्द गर्ने क्रममा १९३३ सालमा लखन थापा मगर र २००७ सालमा थिर बम मल्ल जस्ता बिरहरुको जिवन समाप्त गरीयो। नेपाल भित्र र बाहिर राणा शासन बिरुद्ध आन्दोलन चरकिदै गर्दा गंगाला, धर्म भक्त, शुक्र राज र दशरथ चन्द समेतको एकदमै क्रूरता पूर्वक हत्या गरे पस्चात राजा त्रिभुवन र काङ्ग्रेसको राणा शासन बिरुद्धको आन्दोलनले झन गती लियो। आन्दोलन क्रममा नेपाली काँग्रेसको बिक्रम सम्बत २००७ साल असोज ११ र १२ गते भारतको बैरगनीयामा भयको सम्मेलनबाट सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो भने २१ गते सशस्त्र क्रान्तिको घोषणा गर्यो। शाह बंशका राजा त्रिभुवनले देश र राष्ट्रको लागी आफनो राज गद्दीको कुनै पर्वाह नगरी तत्काल दरबारमा नरहेको नाबालक राजा ज्ञानेन्द्रलाई दरबारमा नै छोडी सिकार खेल्न जाने बहानामा सपरीबार भारतीय दुताबासमा शरण लिन गई असोज २३ गते सपरिबार भारतिय दुताबासको संरक्षणमा देल्ली गय। राजा त्रिभुवनले राज गद्दी त्याग गरे पस्चात श्री ३ प्रधानमन्त्री मोहन शम्शेरले नाबालक ज्ञानेन्द्र शाहलाई राजा त्रिभुवनको सट्टा राज गद्दीमा राखेर आफैले शासन गर्न थाले।


जहानीया राणा शासनबाट देशलाई मुक्त गर्न राजा त्रिभुवनले आफ्नो राज गद्दी त्याग गरे पस्चात देशमा क्रान्तिको आगो दन्कियो राणाहरुको पहुँच काठमाडौं उपत्यकामा सिमीत हुन पुग्यो। राणा बिरोधी आन्दोलनले बढ्दै गए पछी मोहन शमशेरले भारतसंग मध्यस्थतताको आब्हान गरी आफनो छोरा विजय शम्शेरलाई देल्ली पठायो। देल्लीमा फागुन १ गते भारतीय प्रधानमन्त्री ज्वाहारालाल नेहरुको अध्यक्षतामा बसेको बैठकले राजा त्रिभुवन, काङ्ग्रेस र राणा विच त्रिपक्षिय सम्झौता गरायो जस अनुसार जनता द्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने, नेपाली काँग्रेस र राणाबाट पांच पाँच जना गरी दश जनाको मन्त्री मण्डल गठन गर्ने र श्री ३ मा निहीत भयको सबै अधीकार राजालाई सुम्पने गरी सहमती भयो। सहमती बमोजीम फागुन ४ गते राजा त्रिभुवन नेपाल आई शाही घोषणा मार्फत आजैको दिन फागुन ७ गते राणा शासनको अन्त्य भयको घोषणा गरे।


बडामाहाराज धिराज पुथ्बीनारायण शाहको नेतृत्वमा सबै नेपालीको सहभागितामा नेपाल एकीकरण भएको र नेपाल एकीकरणको क्रममा देशभित्र को स – साना राज्यहरु संग मात्र नभई बिदेशी शक्तिहरु संग पनी थुप्रै युद्ध गर्नु परेको थियो।नेपाल एकीकरणको युद्धबाट थकित र जर जर भयको शाह बंसले ब्यबस्थीत राज्य संचालनको संरचनाहरु समेत निर्माण गर्न नपांउदै नेपालमा जहाँनीया राणा शासनको उदय भयो। जहाँनीया राणा शासनले नेपाल एकिकरणमा शाह बंशले बितायको भन्दा बढी १०४ बर्ष सम्म एक लौटी शासन गर्यो। जहाँनीया राणा शासन अन्त्यको लागी फेरी शाह बंशले जन्ता संग मिलेर लामो समय सम्म क्रान्ति गर्नु पर्यो। प्रजातन्त्र को प्राप्ती पस्चात पनी २००७ साल देखी १७ साल सम्म पाटीहरुको राजनैतिक खिचातानी र अस्थिरताको कारण २०१७ सालमा राजा महेन्द्रले पंचायती ब्यबस्था लागु गर्नु पर्यो। राजा महेन्द्रले नेपालको आधुनीक बिकासको शुभारम्भ गर्दै आधुनीक नेपालको जग बसाली राष्ट्र निर्माणमा बडामाहाराज धिराज पूथ्बी नारायण शाह, बिरांङगना राजेन्द्र लक्ष्मी, राजकुमार बहादुर शाह, राजा त्रिभुवन शाहले जस्तै पूर्ण रुपमा योगदान दिन सफल भए तर पनी जिवन काल भरी राजनैतिक खिचातानी संग पौंठे जोरी खेलीरहन पर्यो। आजको आधुनीक नेपालमा हामीले जे भौतिक पूर्वाधार देखेका छौ प्रयोग गरेका छौ त्यसको जन्मदाता राजा महेन्द्रनै हुन भन्नेमा दुई मत छैन।

राजनैतिक खिचातानीले निम्त्याएको प्रजातन्त्रको अन्त्य अनी पंचायत को आगमनले बिजारोपण गरेको दरबार र राजनैतिक दलहरुबिचको शक्ति संघर्षले राजा महेन्द्रको निधन पस्चात राजा महेन्द्रले थालनी गरेको आधुनीक नेपालको बिकासको गल्तीलाई रोक्यो जस्को कारण राजा बिरेन्द्रले आफनो जिबन काल भरी राजनैतिक खिचातानीमा अल्मलीन पर्यो । २०३६ सालमा राजा बिरेन्द्रले निर्दल र बहुदलको जनमत संग्रह गरे। २०४७ सालमा राजा बिरेन्द्रले बहुदलको घोषणा गरी संवैधानिक राजतन्त्र स्वीकार गरे। २०४७ सालपछी राजनैतिक दलहरुको बहुमत हुँदा हुदै पनी राजनैतिक अस्थीरता सुरु भयो। राजनैतिक अस्थिरताको कारण देखाउदै २०५२ सालमा माओबादीले जन युद्ध थालनी गर्यो । राजा बिरेन्द्रले पन्चसिलको आधारमा बिस्वमा शान्ती क्षेत्रको रुपमा अगाढी बढेको शान्ति क्षेत्र नेपालमा एक्कासि जन युद्धको थालनी पस्चात राष्ट्र बिरोधी देशी बिदेसी शक्तिहरु चलमलाउन थाले शाह बंस संग बदला लिने उत्तम समयको परख्याईमा रहेको देशी बिदेसी फिरंगीहरुको सहयोग र सहकार्यमा राजा बिरेन्द्रको बंश नास गरे भने ज्ञानेन्द्र शाह माथी राजा बिरेन्द्रको हत्या गरेको आरोप लगाउन कु चेष्टा गरे।


राजा बिरेन्द्रको हत्या पस्चात अचेत युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो राजा दीपेन्द्रको निधन पस्चात राजा ज्ञानेन्द्रलाई राजा घोषणा गरीयो। प्रधानमन्त्री शेर बहादुर देउपा ले संसद बिघटन गरे राजा ज्ञानेन्द्रले २०६१/१०/१९ गते शासन शक्ति आफ्नो हातमा लिय। राजा ज्ञानेन्द्र ले शासन शक्ति लियको बिरोधमा सात राजनैतिक दल र माओवादीबीच फेरी इतिहासमा दोस्रो पल्ट राजनैतिक दलहरु भारतको शरणमा गे। भारतको संलग्नतामा दिल्लीमा १२ बुँदे सम्झौता गरे।राष्ट्र हित र क्षेतीलाई मध्यनजर गरी राजा ज्ञानेन्द्रले २०६३/१/8८ गते शासन शक्ति फिर्ता गरी ११ गते देउपाले बिघटन गरेको संसद पुनःस्थापना भएको घोषणा गरे। राजा ज्ञानेन्द्र बाट पुनर जिबित त्यही संसदले २०६५/२/1१५ गते नेपालमा बडामाहाराज धिराज पूथ्बी नारायण शाहले संस्थागत गरेको राजतन्त्रको समाप्ति गर्दै गणतन्त्रको घोषणा गर्यो।


आफुले जिवन दान दिएको संसदले राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरे पस्चात राजा ज्ञानेन्द्रले बिना रक्त पात राज गद्दी त्याग गरी सामान्य नागरीक हुन मन्जुर गरे र आजको दिन सम्म सामान्य नागरीकको जिवन बिताउदै आएका छन।


सुगौली संधी सम्म शाह बंशले नेपाल एकिकरणमा बितायो सुगौली संधी पस्चाता राणा शासनको कोप भाजनमा पर्यो, राणा शासनको अन्त्य पस्चात राजनैतीक खिचातानीमा परी राष्ट्रको लागी आफ्नो बली चढायो। इतिहासलाई फरकेर हेर्दा नेपालमा शाह बंशको योगदानलाई अबमुल्यन गर्नु पर्ने कुनै कारण छैन। शाह बंशले जे जती गेरेका छन ति सबै देश र जनताको लागी गरेको छ तर पनी शाह बंश र ठकुरीहरुको उछीतो काटीन्छ । बिगतमा शाह बंशीय राजाहरुको शालीक तोडफोड गरीए पनी ऐले सबैमा त्यसको पछुतो हुन थालेको आभास हुन थालेको छ। शालीक तोडफोडले इतिहास मेटिदैन प्रजातन्त्रको लागी जिवन उत्सर्ग गर्ने शहिदहरु लखन थापा, थिरबम मल्ल, दशरथ चन्द, गंगा लाल, धर्म भक्त, शुक्र राज शास्त्रीहरुको शहीदको नाममा अपमान गरीएको छ। अरुको अपमान र गाली गरेर आफु ठुलो हुने होइन आफुले राम्रो काम गरेर ठुलो हुने हो। इतिहास देखिनै ठकुरीहरु सधै देशको भलो चाहन्छ। देशको हितका लागी ठकुरीहरु आज पनी आफ्नो जिवन उत्सर्ग गर्न तयार छ। जय देश । लेखक किरण शाह ठकुरी सहयोग संजालका बरिष्ठ सल्लाहकार हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv