राष्ट्रपतिद्धारा गोकुल बाँस्कोटाको राजिनामा स्वीकृत

काठमाण्डौं, फागुन ८ । ७० करोडको कमिसन काण्डमा मुछिएका संचार तथा सुचना प्रबिधी मन्त्री गोकुल बाँस्कोटाको राजिनामा स्वीकृत भएको छ । बिहीवार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा बाँस्कोटाको राजिनामा स्वीकृत गरिएको हो ।

बिज्ञप्तीमा भनिएको छ: – आज मिती २०७६ फागुन ८ सम्मानानीय राष्ट्रपति बिद्या देबी भन्डारी ज्यु को मौजुदा मन्त्री परिषदका मानानीय संचार तथा सुचना प्रविधी र शहरी बिकास मन्त्री गोकुल प्रसाद बाँस्कोटा ले नेपालको संबिधान धारा ७७ को उपधारा (२) को खण्ड (क ) बमोजिम आफ्नो पद बाट रजिनामा दिनुभएकोले सम्मानानीय प्रधानमन्त्रीको सिफारिशमा निजले सम्हाल्दै आउनु भएको संचार तथा सुचना प्रविधी मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा युवराज खतिवडाले र शहरी बिकास मन्त्रालय को कार्यभार मानानीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री बषन्त कुमार नेम्ग्वाङ सम्हाल्ने गरी तोक्नु भएको कुरा उल्लेख गरिएको छ ।

बाँस्कोटाको सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछी उनको मन्त्री पद धरापमा परेको हो । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv