जन्मजात मलद्धार नभएकी नानीको ९ बर्ष पछी सफल उपचार, ग्रीनसिटी अस्पातलले गर्यो यस्तो काम (भिडियो अन्तर्वाता )
काठमाण्डौं, फागुन १० । जन्मजात मलद्धार नभएकी रविना योगीको ग्रीन सिटी अस्पातल बसुन्धारा मा सफल उपचार भएको छ । करिब ६ महिना सम्म निरन्तर उपचार पस्चात आज उनलाई अस्पातलले डिस्चार्ज गरेको छ । तुलसीपुर नगरपालिका वडा नं ८ घर बताउने शिवहरी योगीको कान्छी छोरी भएको बताए ।
बच्चा अस्पातल मै जन्मिए पनि उनको मलद्धर भए नभएको तुलसीपुर अस्पातलले चाल पाएनन । घर लगेको तीन दिन पछी आमा आफैले थाह पाए पछी तुलसीपुर अस्पातलमा मलद्धार खुलाउनका लागि लगियो तर त्यहाँको अस्पातलले उपचार गर्न नसकेपछी उनलाई नेपालगंज नर्सिङ अस्पातल पुर्याइयो । ७ दिन सम्म आईसीयुमा राखेर बाँया पेटबाट मलद्धार खुलाइयो ।
उनको उमेर सँगै बढ्दै गएको समस्या बाबुआमाले देख्न सकेनन खर्चको पर्वाह नगरी छोरीको उपचारमा निरन्तर कोशीस गरी रहे । त्यसैले भाग्यले उनलाई ग्रीन सिटी अस्पातल काठमाण्डौं सम्म पुर्यायो र डा ग्यहराज दहालको टिमले सफल उपचार गर्यो । आज उनका बाबुआमा असाध्यै खुशी छन यही खुशी सँगसँगै उनको आर्थिक भार पनि थपिएको छ । ९ बर्षको कलिलो उमेरमा रविनाले नयाँ जीवन पाएकी छिन ।
बाबुआमाले कमाएको सम्पत्ति छोरीको उपचारमा लगाए ,१६ लाख सिध्याए । आज अस्पातलले घर फर्काउँदै छ तर उनी सँग घर फर्कने पैसा समेत छैन । घर खेत बेचेर बचाएकी छोरीलाई पढाएर ठुलो बनाउने चाहना छ । उनले सुनाए । ज्याला मजदुरी गरेरै भएपनी पाल्ने सन्तानले नयाँजीवन पाएकोमा गर्व र खुशी छु बताए । हेर्नुहोस् भिडियो :-