यसकारण यसपालीको होली घरमै मनाउँ – डा बास्तोला

काठमाण्डौं, फागुन २२ । चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस(कोभिड-१९) को त्रास संसारभर फैलिएको छ । ठुला र सम्पन्न देशहरुमा पनि यस भाईरसको संक्रमित रोगी देखिएर मर्नेको संख्या हजारौं पुगी सकेको छ ।

नेपालमा पनि यस रोगबाट अछुतो रहेको छैन । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाका अनुसार कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए ।

कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे । यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको बास्तोलाले बताए ।
उनले यसको उपचार भनेको ज्वरोका लागि सिटामोल र रुघाखोकीको लागि त्यहीअनुसार औषधी दिने रहेको सुनाए । उनले अहिले यो रोग लागेर कोही पनि भर्ना नभएको सुनाए । यसअघि भर्ना भएका सफल उपचारपछि घर फर्काईएको उनले स्पष्ट पारे ।

उनले अहिले आत्तीहाल्नुपर्ने वा डराउनुपर्ने अवस्था भने नरहेको विश्वास दिलाए। तर, नेपाल पूर्ण सुरक्षित छ भनेर बस्न नहुने पनि तर्क गरे । उनले यो वर्षको होली सकभर ठूलो भीडमा गएर नखेल्नको लागि पनि अनुरोध गरे । बास्तोलाले आईलोसशन वार्डको लागि टिम नै सक्रिय भएर काम गरिरहेको सुनाए । आजसम्मको अवस्था हेर्दा पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट आगामी १० देखि १५ दिनसम्म पुग्नेपनि उनले सुनाए ।

यसपाली आउँदै गरेको होलिमा सकेसम्म सार्वजनिक भिडभाडमा नजान आग्रह गरे । उनले भने होलीमा पानीमा भिज्ने हुँदा सकभर यस्ता ठाउँमा नजानु नै उपर्युक्त हुन्छ । सकेसम्मको हात साबुन पानीले धुन अनुरोध गर्छु । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv