११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदै ।
काठमाण्डौं,फागुन २५ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
त्यस्तै नेपालमा पनि आज बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको छ । यसै सन्दर्भमा एकै परिवारका तीन दिदी बहिनी र एक भाई मिलेर काठमाण्डौंको दरबारमार्ग जस्तो महँगो स्थानमा क्वीन रोधी क्लब संचालन गरेका नारीहरु सँग गरिएको कुराकानी को अंश यो भिडियोमा हेर्नुहोस् :-