ढुक्क हुनुस् बिपत्तीको बेला कालोबजारी गर्नेलाई छोडिन्न – पोखरेल डिआइजी नेपाल प्रहरी ( भिडियो )

काठमाण्डौं, चैत ४ । बिपत्तीका बेला कालोबजारी गर्ने जो सुकैलाई नछोड्ने डिईजी विश्व राज पोखरेलले बताउनु भएको छ ।
मंगलबार संवाद चौतारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वहाँले भन्नु भयो “प्रहरी मरेर पनि जनताको रक्षा गर्छ, कालो बजारी गर्नेलाई हदै सम्मको कार्वाही गर्न सरकारले निर्देशन दिएको छ । तपाईलाई अप्ठ्यारो परे सिधै प्रहरी लाई संपर्क गर्नुहोस् । “

हाल सम्म समातिएको मास्क बिक्रीका लागी बजारमा पठाइ सकिएको बताउनु भयो । प्रहरीलाई सुरक्षा र सजकता अपनाउन ११ हजार एन९५ मास्क खरिद गरी सकिएको र केही दिनमा आउन साथ बितरण गरिने भन्नु भयो । प्रहरीलाई मात्र नभै केही फिल्डमा खटिने पत्रकारहरुलाई पनि बितरण गरिने बताउनु भयो ।

कृतिम अभाव सिर्जना गर्ने जो सुकैलाई सरकारले नछोड्ने कानुन सम्बत २ लाख ५० हजार जरिवाना र १ बर्ष कैद सजाए दिनेछ । जनताको हितका लागी कुनै पनि पावर र पद सँग सम्झौता नगर्ने बरु पदबाट रजिनामा गर्ने प्रतिबद्धता जनाउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv