बेलबारी नगरपालिकामा १५ बेडको आइसोलेशन वाड तयार

बेलबारी,चैत ७ । मोरङको बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेशन वाड तयार गरेको छ । नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा आइसोलेसन तयार पारेको हो ।

विश्वब्यापी बनेको कोरोनो भाइरसका लागि पुर्व तयारी अबस्थामा आइसोलेसनको वाड तयार पारेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले बताए । पुर्वतयारीमा हामि बसिरहेका छौ मेयर सुवेदिले भने कोरोनाको लक्ष्यण देखिए आइसोलेसनमा राखेर निगरानि गछौ । आदादर्जन भन्दा वढि स्वास्थयकर्मी समेत आइसोलेन वार्डमा राखिने मेयर सुवेदिले बताए । सघ तथा प्रदेश सरकारले मात्रै कोरोना समन्धी आइसोलेसन वार्डको तययारी गरीरहेका बेला बेलबारी नगरपालिकाले भने छुटै आइसोलेसनको ब्यबस्था गरेको छ ।

बिहिबार नगर कार्यापालिकाको कार्यापालिकाको वैठक बसि १५ बेडको आइसोलेशन वाड संचालन गर्ने निर्णय गरेको थियो । निर्णयको २४ घन्टा नबित्दै आइसोलेन तयारी गरीएको समेत उनले बताए । प्रदेश एकमै पहिलो पटक बेलबारी नगरपालिकाले आइसोलेसन वार्डको संचालमा ल्याएको मेयर सुवेदिले बताए । उक्त आइसोलेसन वार्डमा अधा दर्जन भन्दा वढि स्वास्थयकर्मी खटाइएको समेत उनले बताए । टोल टोलमा सचेता समन्धी कार्यक्रम गरीने समेत उनले बताए । आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए तुरुन्तै अस्पतालमा रिफर गर्नका लागि समेत नगरपालिकाले सहकार्य गरीरहेको मेयर सुवेदिले बताए ।

उनले बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान तथा अन्य असपतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उनले बताए । सघ तथा प्रदेश सरकार सग सहकार्य गरेर केहि महिना भित्रनै १५ बेडको अस्पताल संचालन गर्ने मेयर सुवेदिले बताए ।


कोरोना भाइरसको लक्ष्यण तथा बच्ने उपायाहरुको पर्चा पम्पलेट सहितका सचेतनाका कार्यक्रमलाई समेत जोड दिएको उनले बताए । नगरपालिकामा भित्र सेवा लिने सेवाग्रहि तथा कर्मचारीलाईसमेत हात धोएर मात्रै प्रबेश गर्न दिने गरेको मेयर सुवेदिले बताए ।


१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्ने, निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु । यस्तै रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने,नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्न अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने ,फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने यस वाट बच्ने उपायाहरु हुन । सरकारले चैत ९ आइतबार देखि २१ गते शुक्रबार सम्म १३ दिन अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv