मानबिर पुनले ट्रेलरको आवश्यकता भन्दै फेसबुकमा गरे सहयोग अपिल
काठमाण्डौ,चैत ११ । नेपालका आबिस्कारक मानबिर पुनले ट्रेलरको आवश्यकता भन्दै फेसबुकमा सहयोग अपिल गर्नुभएको छ । डाक्टरहरुले कोरोनाको जाँच गर्दा लगाउने ड्रेस सिलाउन जान्ने ट्रेलरको आवश्यकता परेको भन्दै आफ्नो अधिकारिक पेज मार्फत उक्त कुरा उल्लेख गर्नु भएको छ ।
पेजमा भनिएको छ डाक्टरहरुले बिरामी जाँच गर्दा लगाउने ड्रेसलाई पर्सनल प्रोटेक्टिब ईकुप्मेन्ट भनिदो रहेछ । त्यसको अतिनै आवश्यक परेको रहेछ , त्यो नलगाइ डाक्टरहरुले कोरोना बिरामी जाँच गर्न नमिल्ने रहेछ । त्यसैले टिचिङ अस्पातल काठमाण्डौ र बिपी अस्पातल धरानबाट यस्तो ड्रेस बनाउने अनुरोध राष्ट्रिय आबिस्कार केन्द्र लाई आएको छ । त्यो ड्रेस को डिजाइन आबिस्कार केन्द्रमा बन्दै छ र कारीब ४०० वटा सामान बनाउन सकिने पनि भरखरै उपल्ब्ध भयो । अब सिलाउने ट्रेलर चाहिएको छ । कोही सहयोग गर्ने र सिलाउन जान्ने भए संम्पर्क गर्न अनुरोध गर्नु भएको छ । वहाँले ९८४१५९२३६१ मा संपर्क गर्न र ट्रेलरलाई ज्याला पनि उपलब्ध गराउने कुरा उल्लेख गर्नु भएको छ । बिपतको घडीमा आबिस्कार केन्द्रले पनि आफुले जानेको शिप प्रयोग गर्ने जनाएको छ ।