देशभर लकडाउनको सातौं दिन रासन सकिएपछी मजदुरको भयो बेहाल
काठमाण्डौं,चैत १७ । यो भिडियो काठमाण्डौको मध्य बानेश्वर स्थित आस्थाइ प्रहरी बिटको हो । काठको फ्याक्ट्रीमा काम गर्ने यी चार मजदुर आफ्नो रासन सकिए पछी प्रहरीको संपर्कमा आएका हुन ।
जनकपुर जिल्ला निवासी यी कामदार भन्छन साहुले दिएको रकम पनि सकियो, घरमा भएको रासन पनि सकियो । अब के खाने के गर्ने त्यसैले सके सम्म ब्यवस्था भए घर जान पाए हुन्थ्यो । उनको अनुरोध थियो तर यो सम्भव थिएन डिउटिमा खटिएका प्रहरी प्रमुखले काठमाण्डौ १० नं वडाका वडा अध्यक्षलाई संपर्क गरी आवश्यक सहयोग र ब्यवस्था गरिदिन भने पछी वडा अध्यक्षले सहयोग गरेका छन । हेर्नुहोस् भिडियो :-