लकडाउनको बेला सोलु देखी ७२ घण्टा हिंडेरै काठमाण्डौं किन आए ?(भिडियो सहित)
काठमाण्डौं,चैत २५ । कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लकडाउन सँगै घर फर्किनेको ब्यथा उस्तै छ ।
घोडाघोडी नपा कैलालीका आशाराम चौधरी लगायत अरु पनि सोलुखुम्बु जिल्लाबाट हिंडेरै आज काठमाण्डौं आएका छन । उनिहरुको पैदल यात्रा कैलाली सम्म हुने उनहरुले बताए ।
३ दिनमा सोलुबाट काठमाण्डौं आइपुगे अब कती दिन लाग्छ उनले यसै भन्न सकेका छैनन ।
ललितपुरको लगनखेलमा रहेको मिठाई पसलमा काम गर्ने सर्लाही र सप्तरी घर बताउने कामदारहरुको भनाइ पनि उस्तै छ । -“साहु पनि घर फर्कियो, हामी सँग भएको रासन पनि सकियो के गर्ने घरबाट हिंडेरै भए पनि आउ भने त्यसैले हिंडेरै घर जान लागेको बताए । ३ दिन सम्ममा घरपुग्न सकिन्छ कि बताउँछन ।
साना ठुला कम्पनीमा काम गर्ने मजदुरलाई ब्यवस्थापन गर्न नसक्दा आज पनि पैदल यात्रा गरी घर फर्किनेको लाम देखिन्छ । यती बेला सरकार,सरोकारवाला र स्थानिय निकाय पूर्णरुपमा सकृय हुनु पर्ने हो तर जिम्मेवार निकाय अझै चनाखो बनेको देखिंदैन ।
धेरैजसो कामदार र मजदुरको पिडा यस्तै छ चाहे त्यो नेपाल भित्र होस या बाहिर । कोरोना रोगको महामारी एकातिर छ भने सर्वसाधारणको समस्या अर्कोतिर बिकराल बन्दै गएको छ । रोग नियन्त्रणका लागि भन्दै गरिएको लकडाउन सँगै घर फर्किनका लागि बाटोमा हिंड्ने पैदल यात्रीहरुको पनि ब्यवस्थापन गरे सरकार पक्कै जिम्मेवार भएको महसुस हुनेछ ।