राष्ट्रगायक अम्बर, सङ्गीतका अमर आत्मालाई स्मरण गर्दा – राजेश्वर उदय (संस्मरण)

काठमाण्डौं, बैशाख १ । सङ्गीतको न भाषा, न धर्म, न त कुनै सिमा नै हुदो रहेछ । सिमापारीको सुन्दर पहाडी बस्ती दार्जीलिङ्गमा जन्मनु भई करिब ५५ वर्ष अघि नौलाख तारा उदाए धरतीको आकाश हासे छ… अगम सिंह गिरिको गीत गाएर सङ्गीतमा प्रवेश गरि ” म अम्बर हु तिमी धरती लाख चाहेपनी हाम्रो मिलन कहिले नहोला” पोहरसाल खुसी फाट्दा जतन गरि मनले टाले”, “रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो”, “सम्हालेर राख सङ्गालेर राख फेरि फुल्ने हो कि हैन जोवनको फुल”,

“म दूर भएर के भो अभिषाप छाएर के भो”, ए कान्छा सुनको तारा झारी देउन”, जस्ता सयौ कालजयी गीतहरुमा सङ्गीत सजाउने र गायकको भूमिका निस्वार्थभावले निर्वाह गर्दै सङ्गीत मै जीवन समर्पण गर्नु भएका र जीवनको उतरार्द्धमा नेपालको राष्ट्रगान ” सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली” को सुन्दर सङ्गीतले शृङ्गार्ने अवसर पाउनु भयो ।

यसप्रकारको इश्वरको अदभूत ईश्वरिय वरदान पाएका नेपाली सङ्गीतका देदीप्यमान नक्षेत्र Music Maestro, Musical Masterpiece के के उपमा दिउँ, भनु वरिष्ठ गायक सङ्गीतकार जे जे भनेतापनी वहाँलाई औधी मनपर्ने पदवी नागरिकका “राष्ट्रगायक” हाम्रा श्री अम्बर गुरुङ्गलाई ठिक आज कै दिन तत्कालीन उपप्रधान तथा रक्षामन्त्री माननीय भिम रावलज्यूको प्रमुख आतिथ्यतामा सङ्गीत अन्वेषक त्रय प्रकाश सायमी, रतन चन्द र राजेश्वर उदय को संयूक्त संयोजन र अजर अमर गीतहरु श्रोता समूह, काठमाडौंको आयोजनामा डिप्लोम्याट कोलोनीको सभागृह, बुढानिलकण्ठ, काठमाडौंमा मिति २०७३ बैशाख १ गते का दिन नेपालको सङ्गीत, चलचित्र, लेखन तथा पत्रकारहरुको विशाल उपस्थितीमा उनै राष्ट्रगायकलाई नागरिक अभिनन्दन कार्यक्रम गरिएको पनि आज ४ वर्ष भएछ ।

सर्वसाधारणहरुलाई मनपर्ने गीतहरु सृजना गर्नुपर्छ भन्ने मान्यताका साथ वरिष्ठ साङ्गीतिक सर्जक श्री अम्बर गुरुङ्गले सङ्गीत नेपाली गीत सङ्गीतलाई अपार साङ्गीतिक निधीको भण्डार हामीलाई उपहार स्वरुप प्रदान गर्नु भयो ।


जीवनमा कहिल्यै कसैबाट केही चाहनु भएन जन्म सिमापारी भएतापनी जीवन नेपाल मै समर्पण गर्नु हुने अद्धितिय साङ्गीतिक सर्जकलाई श्रद्धापूर्वक नमन …

यस अवसरमा प्रमुख अतिथिज्यू, उपस्थित सम्पूर्ण विशिस्ट महानुभाव सबै सबैलाई आभार व्यक्त गर्न चाहन्छौ साथै विशेष सहयोग गर्नु हुने वरिष्ठ पत्रकार दृष्टि साप्ताहिकका प्रधानसम्पादक एवं मित्र शम्भु श्रेष्ठ लाई पनि स्मरण गर्न चाहन्छौ ।
यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो ……! लेखक राजेश्वर उदय सो कार्यक्रमका संयोजक हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv