विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै दियो चेतावनी

काठमाण्डौं, जेठ १ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोनाभाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् ।

उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए । माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्ने बताएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौं कोसिस भइरहेका छन् । मोटामोटी रुपमा कोभिड–१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोसिस भइरहेको छ । तर संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएकाले यो कठिन छ भनेका छन्।

यद्यपि, संसारका विभिन्न देशले लकडाउन खुकुलो पार्न थालिसकेका छन् । यसमाथि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनोम गिब्रयेससले यसका कारण सं क्रम णको गती बढ्नसक्ने सम्भावना व्यक्त गरेका छन् ।

भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितको संख्या ७८ हजार नाघ्यो
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा बुधबार एक दिनमा १३४ को मृ त्यु भएको र यसपछि प्रकोपबाट मृ त्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस सं क्रम णबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४९ हजार २१९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २५ हजार ९२२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्र म ण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमति रहेका छन् । दिल्लीमा कोरोना भाइरसको सं क्रम णको संख्या ८ हजार नाघेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को सं क्रम ण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv