पुर्व राजाले पाएनन् झापा देखी काठमाण्डौ आउन

झापा,जेठ २ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला झापामा छन् । उनी केही महिना अघि नै झापा गएका थिए । लकडाउनका कारण झापामै रहेका पूर्वराजा शाह र उनकी पत्नी काठमाडौं आउन चाहन्थे । तर जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउन नसकेका कारण उनीहरु आउन सकेका छैनन् ।

पूवराजाले विहिवार काठमाडौं आउन चाहेको भन्दै पास उपलब्ध गराउन माग राखेर जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा निवेदन दिएका थिए । लकडाउनको समयमा झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई गृह मन्त्रालयले काठमाडौं आउन पास नदिने निर्णय गरेपछि उनीहरु झापामै अड्किएका छन् । गृह मन्त्रालयले पूर्वराज परिवारलाई पास नदिने निर्णय गरेपछि उनीहरुले पास नपाएको स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले पास जारी गरेको थियो तर केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेका कारण उनीहरु काठमाडौं आउन नपाउने भएका हुन् । प्रकृया नपुगेको भन्दै गृहले पास नदिने जवाफ पठाएपछि फेरी पनि पूर्वराजाले प्रयास गरेका थिए । दोस्रो प्रयासमा पनि उनी असफल भए । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले सो कुरा पुष्टि गरेका छन् । उनले पूर्व राजाले काठमाडौं जान भन्दै पास मागेको बताएका छन् । गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ।

मृ/त्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने भएकाले पूर्व राजारानीले पास पाउन नसकेका हुन् । शाहको निवेदनमा यी दुवै कारण नदेखिएको गृहको तर्क छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv